Comments Add Comment

‘बुट्टे जामा’लाई ‘सर्ट फिल्म’को उपाधि


कला संग्रौलाले निर्देशन गरेको छोटो चलचित्र ‘बुट्टे जामा’ले ‘पहिलो सर्ट फिल्म प्रतिस्पर्धा’को उपाधि जितेको छ । हाइलाइट्स नेपाल र अस्कर इन्टरनेशनल कलेजको संयुक्त आयोजनामा भएको प्रतियोगीतामा ‘बुट्टे जामा’ले उपाधिसँगै नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

नयाँ चलचित्रकर्मीलाई स्थान दिने उद्देश्यले यो प्रतियोगीता आयोजना गरेको आयोजकले बताएको छ । नविन सुब्बा, सुवर्ण थापा र मनोजबाबु पन्त सम्मिलित जुरीले यो निर्णय गरेको हो ।

दोस्रो हुने ‘कल्ली’ले ६० हजार नगद प्राप्त गर्‍यो । नेवारी समुदायको पृष्ठभूमिमा आधारित चलचित्रले बाँझोपनको आरोप खेप्दै आएकी महिलाले त्यसबाट मुक्त हुन लिएको क्रान्तिकारी कदमलाई मुख्य बिषय बनाएको छ । यो छोटो चलचित्रको निर्देशन राकेश महर्जनले गरेका हुन् ।

सुनिल पाण्डे निर्देशित ‘अनन्त यात्रा’ सर्ट लिस्टेड १० चलचित्रमध्येबाट उत्कृष्ट तीन भित्र पर्न सफल रह्यो । फिल्मले ४० हजार नगद प्राप्त गर्यो । नारी मनोविज्ञानलाई सशक्त ढंगमा प्रस्तुत गरेको ‘काफल पाक्यो’ जुरीको नजरमा उत्कृष्ट ठहरियो । फिल्मले ‘स्पेशल मेन्सन अवार्ड’ प्राप्त गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment