Comments Add Comment

कालीकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

१९ कात्तिक, कालीकोट । कालीकोट जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु भए पछि ग्रामीण क्षेत्रका कृषकहरु खुसी भएका छन् ।

कालीकोट जिल्लाका सबै स्थानीय तहमा चालु आर्थिक वर्षदेखि परियोजना लागु भएको छ । अहिले परियोजनाबारे सहजिकरण गर्न कृषि प्राबिधिकहरु गाउँ पुगिसकेका छन् ।

अघिल्लो वर्ष साबिकका फोइमहादेब, राचुली,जुबिथा, चिलखाया लगायतका ७ वटा गाबिसमा लागु भएको परियोजना प्रभावकारी भएको भन्दै सरकारले यो वर्ष कालीकोटका सबै स्थानीय तहमा परियोजनाको सेवा सुबधिा पुर्याउन लागिएको जिल्ला कृषि बिकास कार्यालयका प्रास प्रसुराम काफ्लेले जानकारी दिए ।

परियोजना सञ्चालनका लागि कालीकोटमा ५० लाख बजेट स्थानीय निकाय मार्फत खर्चिने भएको छ । परियोजनाले कृषकहरुको जिवन स्तरमा सुधार ल्याउन र आयआर्जन बृद्धि गर्न कृषि पकेट क्षेत्र र कृषि ब्वलकका रुपमा बिकास गरी कृषिउपजहरुको उत्पादन बृद्धि गरी बजारिकरण गर्ने जनाइएको छ ।

सोही परियोजनाको बारेमा कृषि प्राबिधिकहरुले शनिबार कालीकोटको शान्नि त्रिर्बेणि गाउँपालिकाको मेहेलमुडिमा पाकिला स्तरीय परियोजना अभिमुखिकरण कार्यक्रम गरी परियोजना बारे सरोकारवालालाई जानकारी गराइएको छ ।

कार्यक्रममा शान्नि त्रिर्बेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही डिबिले परियोजनाले ग्रामीण भेकका कृषकहरुको आर्यआर्जन बृद्धि गर्न कृषि सिप सिकाउने भएकाले परियोजना कर्णाली क्षेत्रका लागि सुहाउदो कार्यक्रम भएको बताए ।

शान्नि त्रिर्बेणी गाउँपालिकाका कार्यकारी अधिकृत दुर्गबहादुर वुढाको अध्यक्षयतामा भएको कार्यक्रममा शान्नि त्रिर्बेणी गाउँपालिकाका कृषि शाखा प्रमुख प्रशुराम काफ्ले, कृषि जेटिए टेकराज गिरिले परियोजनाबारे सहजिकरण गरेका थिए ।

 रत्न कार्कीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment