Comments Add Comment

लमहीको देउपुरमा चौधरी मृत फेला

२० कात्तिक, दाङ । लमही नगरपालिका ६ देउपुरमा एकजनाको शव फेला परेको छ । लमही नगरपालिका ७ मानपुर निवासी ४२ वर्षीय परदेशु चौधरीको शव फेला परेको हो ।

बाटोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टम गर्न लमही अस्पतालमा ल्याइएको छ ।

उनको मृत्युको कारण खुलेको छैन । तर चौधरीले अत्यधिक मदिरा सेवन गरेकाले मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment