Comments Add Comment

‘रोमियो’मा ‘हिरो र भिलेन’को टकराव, ह्यान्डसम को ?


भोलीबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘रोमियो’लाई लिएर यसका कलाकार, निर्माता, निर्देशक उत्साहित छन् । अनलाइनखबरसँग कुराकानी गर्ने क्रममा चलचित्रका नायक तथा निर्माता हसनराजा खान, निर्देशक शंकर कार्की र खलपात्र विकास न्यौपानेले चलचित्र उत्कृष्ट बनेको भन्दै खुशी व्यक्त गरे ।

हसनले भने-‘म यो चलचित्रलाई लिएर ढुक्क छु । कारण, हरेक कोणबाट चलचित्र उत्कृष्ट बनेको छ । यसको गीतसंगीत, कथावस्तु राम्रो छ । दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिन चलचित्र सफल छ ।’

यस्तै, चलचित्रका निर्देशक शंकर कार्कीले आफूले चलचित्रलाई नयाँ चिराबाट व्यक्त गर्न खोजेको बताए । खलपात्र विकास न्यौपानेले आफूले चलचित्रका हरेक दृश्य वन टेकमै दिएको बताए । यो चलचित्र हेरेपछि दर्शकले आफूलाई पनि मन पराउने उनको भनाई थियो । उनले अहिले हिरो भन्दा भिलेन ह्यान्डसम हुने ट्रेन सुरु भएको बताउँदै अफर आएको खण्डमा आफूलाई हिरोको रुपमा पनि काम गर्न सक्ने खुलाए ।

चलचित्र क्षेत्रका लागि कतै तपाई ‘अनलक्की’ त होइन, यो प्रश्नमा हसनले भने-‘चलचित्र ‘अलबिदा’ नचलेपनि म ‘अनलक्की’ भने छैन । यही चलचित्रले मलाई अवार्ड दिलायो ।’ के यसपटक भने ‘रोमियो’बाट हसनले उत्कृष्ट नायकको विधामा बाजी मार्ने संभावना छ त भन्ने प्रश्नमा निर्देशक कार्कीले भने-‘पक्कै पनि मैले आशा गरेको छु ।’

चलचित्रको कथा, कलाकारको अभिनय, संगीत, निर्देशकियपक्ष लगायतका कारणले पनि चलचित्र हेरेर दर्शकले मनोरञ्जन लिनेमा निर्देशक कार्की विश्वस्त छन् ।
हसनराजा खान, नीशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर, विकास न्यौपाने लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रको ‘ल्याङ ल्याङ’ बोलको गीत अहिले चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment