Comments Add Comment

मेस्सीको इच्छाः विश्वकपको समूह चरणमा स्पेनसँग खेल्न नपरोस्

२३ कात्तिक, काठमाडौं । विश्वकप २०१८ को ड्र आगामी डिसेम्बर १ मा रुसको राजधानी मस्कोमा हुँदैछ । स्टार फुटबलर लिओनल मेस्सीले भने समूह चरणमा अर्जेन्टिनाको भेट स्पेनसँग नहोस् भन्ने चाहेका छन् ।

ठूलो संघर्षपछि विश्वकपमा स्थान बनाएको अर्जेन्टिना पहिलो पोलमा छ भने स्पेन दोस्रो पोलमा । म चाहन्छु कि समूह चरणमा स्पेनलाई छल्न चाहन्छु किनकी उनीहरु निकै कठिन प्रतिद्वन्द्वी हुनेछ’ मेस्सीले भनेका छन् ।

मेस्सीले अर्जेन्टिनी टिमको खेलाडी र प्रशिक्षक छनोटमा आफू जिम्मेदार भएको दाबी खण्डन गरे । ‘जब उनीहरुले मेस्सीको साथीबारे कुरा गर्छन्, म हाँस्छु’ टीवाईसी स्पोटर्ससँग उनले भने, ‘उनीहरु भन्छन् कि मैले प्रशिक्षक र खेलाडी छनोट गर्छु । यो झुटो हो ।’

कसरी हुन्छ ड्र ?

ड्रका लागि स्टेट क्रिमलिन प्यालेसमा हुने कार्यक्रममा जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोज विशेष अतिथि हुनेछन् ।

विश्वकपमा ३२ टिम हुनेछन्, जसमध्ये आयोजक रुस बाहेक सबै टिम छनोट चरण पास गरेर आएका हुन् । ड्रका लागि पहिलो ‘पोल’मा रुस र विश्व वरियताको शीर्ष सात टिमलाई राखिनेछ भने दोस्रो ‘पोल’मा त्यसपछिका उत्कृष्ट ८ टिम हुनेछन् । यसरी नै तेस्रो र चौथो पोल हुनेछ ।

३२ टिमलाई ८ समूहमा विभाजन गरिनेछ । हरेक टिमले समूह चरणमा ३ खेल खेल्नेछन् र समूहको शीर्ष दुई टोली अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment