Comments Add Comment

३ अर्बको एनआईसी एशिया ऋणपत्रका लागि बिक्री प्रवन्धक नियुक्त


२५ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले १ हजार अंकित दरका ३०लाख कित्ताले हुन आउने रु. ३ अर्ब बराबरको “एनआईसी एशिया ऋणपत्र २०८१/८२” निष्कासनको निमित्त नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा एनआईसी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

रु. ३ अर्ब बराबरको ऋणपत्र मध्ये ८० प्रतिशत (रु.२ अर्व ४० करोड) व्यक्तिगत र २० प्रतिशत (रु. ६० करोड) सर्वसाधारणहरुका लागि नेपाल धितो पत्र बोर्डको स्वकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिनेेछ ।

प्रस्तावित ९ प्रतिशत बाषिर्क ब्याजदरले अर्धवाषिर्क रुपमा ब्याज झुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि ऋणपत्र निष्कासन गर्न लागिएकोे छ ।

यस ऋणपत्रले लगानी कर्तालाई उच्चतम प्रतिफल प्राप्त गर्ने सुवर्ण अवसर दिने बैंकले विश्वास राखेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतरोशन कुमार न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment