Comments Add Comment

गोरखामा विप्लपका आठ जना कार्यकर्ता पक्राउ

२६ कात्तिक, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जना कार्यकर्तालाइ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अनिल कुमाल, मेघराज कुमाल, भोला भुजेल, राजन भट्ट, कोपिला भट्ट, गकुल कुमाल, भरत कोइराला र बिशाल गजुरेल रहेका छन् ।

चुनावको शान्ति सुरक्षा खलबल्याउन सक्ने भन्दै उनीहरुलार्इ पक्राउ गरिएको डीएसपी भेषराज रिजालले बताए । गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लाको बिभिन्न ठाउँबाट शनिवार राति उनीहरुलार्इ पक्राउ गरिएको रिजालले बताए ।

उनीहरुलार्इ  हिरासतमा राखी थप अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment