Comments Add Comment

दलित महिला भन्छन्-नाला, चर्पी र कलधारा बनाइदिनेलाई भोट

२६ कात्तिक, वीरगञ्ज । ‘दलितको नाममा पैसा आउँछ भन्छन्, सबै मिलेर खान्छन् । हामीले पाउँदैनौं ।’ पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं २ महुवनस्थित दलित माझी मुसहर बस्तीकी रम्भादेविको भनाइ हो यो । पछिल्लो समयमा दलित समुदायमा विस्तारै सचेतना बढेको त उनको कुराले पुष्टि गर्छ ।

तर, सदरमुकाम वीरगञ्ज महानगरपालिकाबाट झण्डै १४ किलोमिटरको दुरीमा ३२ घरधुरी दलित माझी मुसहर समुदायका दलितहरुको जीवनस्तर अझै माथि उठ्न सकेको छैन् ।

स्थानीय तहको निर्वाचनमा उत्साहित भएर चुनावमा सहभागी भएका उनीहरु प्रदेश र प्रतिनीधिसभाको निर्वाचनमा पनि सहभागी हुनका लागि उत्साहित छन् ।

उनीहरु विगतमा जितेर गएका नेताहरुले आएर गाउँको विकास नगरेको गुनासो पनि सँगसँगै गर्छन् । ‘ पहिले आएर यस्तो गर्छु, उस्तो गर्छु भनेर चुनाव जितेर गए ।’ रम्भादेवि नै अगाडी भन्छन्, ‘ त्यसपछि बस्तीमा फर्केर आएका होइनन् । बस्तीको अवस्था जस्ताको त्यस्तै छ ।’

मंसिर २१ गते हुने प्रदेश र प्रतिनीधिसभाको निर्वाचनका लागि उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । अहिलेसम्म कुनैपनि नेता उनीहरुकोमा मत माग्न पुगेका रहेनछन् ।

सखुवा प्रसौनी गाउँपालिका पर्सा क्षेत्र नं ३ अन्तर्गत पर्छ । जहाँबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट निवर्तमान सभासद सुरेन्द्र चौधरी, एमाले-माओवादीको बाम गठबन्धनको तर्फबाट निवर्तमान सांसद राजकुमार गुप्ता, फोरम नेपाल राजपा गठबन्धनबाट निर्माण व्यवसायी हरिनारायण रौनियार, नेपाल संघीय समाजवादी पार्टीका राजकुमार यादव लगायतको उम्मेदवारी परेको छ ।

वर्षौदेखि ऐलानी जग्गामा छाप्राहरु बनाएर बस्दै आएका मुसहर माझी समुदायको ठूला-ठूला माग छैनन् । झण्डै तीन सयको हाराहारीमा मतदाता रेहेको दलित बस्तीका बासिन्दाहरु आफ्नो गाउँको समस्या एकै सासमा भनिसक्छन् । ‘गाउँमा नाला छैन, चर्पी छैन, धारा छैन । समस्यै समस्या छ,’ टोलकी ६० बर्षीया जलिमा देविले भनिन्, ‘ऐलानी जग्गामा बसेका छौं, जग्गा जमिन छैन, काम पनि गतिलो छैन् । हामीहरुको लागि उचित व्यवस्था मिलाइदिनुपर्छ ।’

दलित बस्तीकै ३० वर्षकी सुमनदेविले जसले बस्तीका लागि नाला, सिप्टी -चर्पी’ र कलधारा दिन्छ उसैलाई मत दिने बताइंन् । ‘चर्पीका लागि गरिबलाई अनुदान आउँछ भन्छन्, जसको घरमा पहिले नै सिप्टी (चर्पी) छ उनीहरुको घरमै अनुदानका सामग्री पुग्छ,’ उनले भनिन्,’ जसको घरमा चर्पी छ उसैको घरमा तीन तीन वटासम्म चर्पीका समान देखेका छौं । हामी दलितलाई कसले हेर्छ र ?’

३२ घरधुरीका लागि एउटै मात्रै कलधारा

२ घरधुरी रहेको वस्तीमा एउटै मात्रै कलधारा रहेको स्थानीयले गुनासो गरे । एउटा मात्रै कल सबैले प्रयोग गर्नुपर्दा विभिन्न समस्या आउने गरेको उनीहरुको भनाइ छ ।

‘सबैलाई खानेपानी चाहिन्छ, अलिअलि भएका बस्तु भाउलाई पनि खुवाउनै पर्छ । लुगा धुन नुहाउन पनि पर्छ ।’ स्थानीय भन्छन्, ‘ पुरै बस्तीमा एउटै कल छ । पालो कुरेर त्यही प्रयोग गर्नुपर्ने बाध्यता छ । अरु एक दुईवटा कल गाउँमा हुन्थ्यो भने सजिलो हुन्थ्यो ।’

उनीहरुले सम्बन्धित निकाय र नेताहरुलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको गुनासो गरे । ‘एउटै मात्र कलधारा छ । हामीलाई धेरै गाह्रो छ ।’ फेरि रम्भादेविले भनिन्, ‘ अरु धारा कसैले पनि हालिदिदैनन् । सबै ठाउँ गुहारीसक्यौ कसैले सुन्दैनन् ।’

स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा जितेका गाउँकै ६० वर्षीय ढेवर माझी आफूले समस्या समाधानका लागि गाउँपालिकामा पनि प्रयास गरिरहेको बताए । ‘गाउँपालिकामा बजेट आएका छैन्, उनलेभ ने,’बजेट आएपछि गाउँको समस्या समाधानका लागि रकम माग गरेर ल्याउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment