Comments Add Comment

नयाँ मतदाताको परिचयपत्र मतदान केन्द्रबाटै वितरण गरिने

काठमाडौं, कात्तिक ३० । आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्यको चुनावका लागि थपिएका मतदाताहरुको परिचयपत्र मंसिर ८ र ९ गते वितरण गरिने भएको छ ।

फोटोसहितको मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका नयाँ मतदातालाई पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा ८ र ९ गते सम्बन्धित मतदान केन्द्रबाटै वितरण गरिने छ ।

त्यसैगरी,दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा पनि सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट परिचयपत्र वितरण हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

२०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका एवं नामावली सार्न, सच्चाउन निवेदन दिएका मतदाताहरुको परिचयपत्र वितरण गर्न लागिएको हो ।

गत स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताहरुले भने सोही परिचयपत्रबाट मतदान गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment