Comments Add Comment


२ मंसिर, काठमाडौं । जिओ अटोमावाइल्स नेपालका लागि फोर्ड गाडीका आधिकारिक विक्रेताले स्टाइलिस र बलियो नयाँ इकोस्पोर्ट्स  नेपाली बजारमा ल्याएको छ ।

नयाँ फोर्ड इको स्पोट्समा १६ सय भन्दा बढी नयाँ पुर्जा राखेर बनाउनुका साथै नयाँ बढी शक्तिशाली इन्जिन र अझै राम्रो रुपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

“नयाँ नयाँ इकोस्पोर्ट्स  फन, स्टाइल र टेक्नोलोजी हो” फोर्ड को प्रेसिडेन्ट र प्रबन्धक निर्देशक अनुराग मेहरोत्राले भने । यो नयाँ नयाँ इकोस्पोर्ट्स, पहिलाको नयाँ इको स्पोट्सभन्दा अझै राम्रो देखिन्छ।

यसको कारण भनेको आकर्षक वाहिरी वनावट एक हो । यसमा राखिएको इन्जिन पहिलाको नयाँ इकोस्पोर्ट्स  को तुलनामा सानो, हलुका र कार्य कौशलपुर्ण रहेका छन् ।

नयाँ नयाँ इको स्पोट्स पेट्रोलमा एक दशमलव ५ लिटर टिआई भिसिटीमा तीन सिलिन्डरयुक्त इन्जिन राखिएको छ र यसले १२३ पीएस पावर शक्ति प्रदान गर्छ ।

इकोस्पोर्ट्स  नयाँ प्रविधिका साथै भरपुर सुरक्षा, स्टाइल र फन सबैमा ध्यानमा राखेर बनाइएको छ । यस कारण , फोर्डले कम्प्याक्ट एसयुभीमा पनि नाम ठूलो कमाएका छन् ।


यो कम्प्याक्ट एसयुभीमा सुरक्षा लाई ध्यानमा राखी डुअल फन्ट एयरब्याग र एबीएस रहेको छ। अटोमेटिक ट्रान्समिसन, अइट इन्ज फ्लाटिङ टच स्क्रिन यस गाडीमा छ । साथै इर्मजेन्सि ब्रेक एसिष्ट र ट्रयाक्सन कन्ट्रोल सिस्टमजस्ता सुरक्षाले यो गाडीलाई झन राम्रो बनाएको छ।

फोर्ड इको स्पोट्सले पेट्रोल इन्जिनमा म्यानुअल ट्रान्समिसनका साथै ६ स्पीड अटोमेटिक ट्रान्समिसन गेयर उपलब्ध गराएको छ। डिजेल गाडी मन पराउनेहरुका लागि नयाँ इको स्पोट्समा ५ गेयर मात्र उपलब्ध छ ।

डिजल गाडीले सय पीएस को शक्ति र २३ एमल को फ्युल इफिसेन्सी दिन्छ । दुबै गाडीमा इन्टरटेन्मेन्टको पुरै सुविधा छ । साथै आफ्नो स्मार्टफोन जोड्न मिल्ने स्वर आदेश हरु पनि दिन सकिन्छ ।

एसयुभीमा भएको एप्पल कार प्ले र एन्ड्रोएड अटो कम्पाटिवलले चालकहरुलाई फोन गर्न, मेसेजहरु पठाउन र पाउन , बाटोको दिशा हेर्न सहज बनाउँछ ।

यो एयुभीलाई विश्वभर प्रख्यात फोर्ड डिजानमा आधारित गरी बनाइएको छ । नयाँ गाडी सातवटा रंगहरुमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment