Comments Add Comment

रत्नर्पाकको सार्वजनिक शौचालयबाट बायोग्यास निकालिने


३ मंसिर, काठमाडौं । रत्नपार्कमा रहेको सार्वजनिक शौचालयबाट बायोग्यास उत्पादन गरिने भएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयको मलमुत्र सदुपयोग गर्ने गरी बायोग्यास प्लान्ट राख्न लागेको हो ।

शौचालय दिवसको अवसरमा मेयर विद्यासुन्दर शाक्यले प्लान्टको शिलान्यास गरे । एरोशान नामक संस्थासँगको सहकार्यमा झण्डै ६ लाख रुपैयाँ खर्चिएर प्लान्ट निर्माण गर्न लागिएको शाक्यले बताए ।

दुई महिनाभित्र बनाइसक्ने लक्ष्य राखिएको प्लान्टबाट उत्पादन हुने ग्यास रत्नपार्कस्थित काउन्टरको भान्छा र नजिकका होटलहरुमा प्रयोग गरिनेछ ।

प्लान्टबाट निस्कने लेदोलाई कम्पोष्टका रुपमा रत्नपार्कको बगैँचामा प्रयोग गरिने महानगरपालिकाको जनाएको छ । मेयर शाक्यले यो प्लान्टलाई नमूना रुपमा बनाउन लागिएको बताउँदै सफल भए अन्य सार्वजनिक शौचालयमा पनि बायोग्यास जोडिने बताए ।

उनले सोही अवसरमा रत्नपार्कलाई महानगरपालिकाको कार्यापालिकाले ‘शंखधर पार्क’ नामाकरण गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment