Comments Add Comment

अल्फा बिटा अन्तरकलेज फुटसल काठमाडौंमा शुरु

६ मंसिर, काठमाडौं । अल्फा बिटा एजुकेशनल कन्सल्टेन्सीको आयोजनामा प्रथम अन्तर कलेज फुटसल प्रतियोगिता बुधबारबाट सुरु भएको छ ।

प्रतियोगिताका आ-आफ्ना खेलमा जित हासिल गर्दै ओलम्पिया, आइडिएल, हृवाइट हाउस र गोल्डेन गेट कलेज क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको लिग चरणको खेलमा समूह बीमा ओलम्पिया र आइडिएल कलेजले अन्तिम आठको यात्रा तय गरे । समूह चरणको सुरुवाती दुई खेलमा ओलम्पियाले लिटिल एञ्जल्सलाई ३-१ र नामी कलेजलाई ४-० ले हराउँदै ६ अंकका साथ क्वार्टरफाइनलमा स्थान बनायो ।

यसै समूहबाट आइडिएल कलेजले पनि नामी कलेजलाई ४-० र लिटिल एञ्जल्सलाई ५-० ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो । बिहीबार हुने ओलम्पिया र आइडिएलबीचको खेलले यस समूहको बिजेता टुंगो लगाउनेछ ।

यता समूह सी बाट आफ्ना दुई खेलमा जित हासिल गरेको हृवाइटहाउस कलेज समूहको एक खेल अगावै क्वार्टरफाइनलमा स्थान बनायो । बुधबारका खेलमा उसले हृवाइटफिल्ड कलेज र इन्साइड भिजन कलेजलाई समान ४-१ गोलअन्तरले हरायो ।

समूह डीबाट एक खेल जित्नुका साथै अर्को खेलमा वाकओभर पाएको गोल्डेन गेट कलेजले पनि एक खेल अगावै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो । गोल्डेनगेटले युलेन्स कलेजलाई ३-१ ले पराजित गर्‍यो । अर्को खेलमा एभिएम कलेजले वाकओभर दिएपछि गोल्डेनगेटलाई ३ अंक उपहार प्राप्त भयो ।

समूह ए मा दुई खेल जितेको साइपाल कजेल क्वार्टरफाइनलको नजिक छ । उसले काञ्जिरोवा र लिभरपुललाई हराएर ६ अंक जोडेको छ । यस समूहबाट एक एक खेल जित्दै काञ्जिरोवा र लिभरपुलको ३/३ अंक छ । समूह चरणको अन्तिम खेलले यस समूहबाट क्वार्टरफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।

यसअघि शंखमुलस्थित शंखमुल फुटसल मैदानमा बुधबार बिहान हिसानका अध्यक्ष रमेश सिलवाल, एन्फाका फुटसल समितिका अध्यक्ष रमेश रायमाझी लगायतले प्रतियोगिताको उदघाटन गरे । १६ टिम सहभागी प्रतियोगिताको लिग चरणका १२ खेलहरु बुधबार सम्मपन्न भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment