Comments Add Comment

सिन्धुपाल्चोकमा निर्वाचनको सबै तयारी पूरा


८ मंसिर, मंसिर । ‘हेवीवेट’ उम्मेदवारबीचको प्रतिष्पर्धाका कारण चर्चामा रहेको सिन्धुपाल्चोकको निर्वाचन तयारी पूरा भएको छ । निर्वाचन सुरक्षाका लागि जिल्लामा व्यापक रुपमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबरा, पूर्व मन्त्री अग्नि सापकोटालगायत हेवीवेट नेताहरु यसपटक प्रतिष्पर्धामा छन् ।

पहिलो घेरामा रहने नेपाल प्रहरीले एसएसपीको कमाण्डमा सिन्धुपाल्चोकमा नेपाल प्रहरी परिचालन हुने भएको छ । दुई एसपी र ११ जना डीएसपीको कमाण्डमा ११ सय बढी नेपाल प्रहरी सिन्धुपाल्चोकमा परिचालन गरिएको एसपी मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

प्रहरी निरीक्षकहरु पनि ठूलो मात्रामा परिचालन गरिएको पोखरेलले बताए । निर्वाचनका लागि १ हजार ४० जना म्यादी प्रहरीसहित नेपाल प्रहरीले मात्रै २३ सय सुरक्षाकर्मी जिल्लामा खटाएको छ ।

सुरक्षा जोखिम रहेका मतदान स्थालमा डीएसपीहरु नै परिचालन गरिने सुरक्षा स्रोतले जानकारी दिएको छ ।

काभ्रे लगायतका जिल्लाबाट अपरिचत व्यक्तिहरु जिल्लामा आएर सुरक्षा अवस्था खल्बलाउन सक्ने भन्दै प्रहरीले ठाउँ ठाउँमा सुरक्षा चेकलाई तीव्रता दिएको छ ।

नेपाल प्रहरीबाहेक दोस्रो सुरक्षा घेरामा रहने सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । एक जना एसपी, ३ डीएसपीसहित ५ सय ६० जना सशस्त्र प्रहरी निर्वाचनमा खटिएका छन् । नेपाली सेनाले पनि सबै गाउँ र नगरपालिकमा सेनाको बेसक्याम्प खडा गरेको छ ।

एउटा स्थानीय तहमा नेपाली सेनाको एक सेमुको संख्यामा सेना परिचालन गरिएको छ ।

सुरक्षा व्यवस्था मजबुत पारिएकाले सबै मतदाताहरुलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आग्रह गरेका छन् । कुनै मतदान स्थलमा केही भयो भने ५ मिनेटमा नै थप सुरक्षाकर्मी मद्दतका लागि आउने प्रजिअ तामाङले बताए ।

२ लाख २६ हजार ५ सय ४० मतदाता रहेको सिन्धुपाल्चोकमा २ सय ८५ मतदान केन्द्र छन् ।

आतंकित पार्न बमको हल्ला

निर्वाचनको ३ दिनअघि बाह्रबीसेमा अज्ञात समूहले बम लेखिएको वस्तु छाडेर हिँडेपछि बिहान केही समय स्थानीय त्रसित भएका थिए । नेपाली सेनाको टोली पुगेर हेर्दा बाहिर बम लेखेर राखेको भएपनि त्यसलाई खोलेर हेर्दा कपडा र कागजको टुक्रा मात्रै फेला परेको नेपाली सेनाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment