Comments Add Comment

भोजपुरमा २० प्रतिशत मतदान सम्पन्न

१० मंसिर, भोजपुर । भोजपुरमा अहिलेसम्म करिब २० प्रतिशत मतदान भएको छ । मतदान केन्ऽमा मतदाताहरुको पातलो उपस्थिति छ ।

स्थानीय तहको चुनावको तुलनामा मतदानको लागि मतदाताको उत्साह एकदमै कम देखिएको छ ।

मतदान शुरु भएको साढे ५ घण्टा वितिसक्दा वल्ल २० प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय, भोजपुरका प्रमुख राजेन्ऽ प्रसाद पोखरेलले बताए । मंसिरको खेती भित्र्याउने सिजनका कारण पनि कम मतदाता आएको अनुमान गरिएको छ ।

भोजपुरमा ८१ वटा मतदानस्थलमा जम्मा १ सय ४८ वटा मतदान केन्ऽ रहेका छन् । जसमा प्रदेश नं. क मा ५८ हजार ३ सय ८३ र प्रदेश नं. ख मा ५५ हजार ३ सय ६२ मतदाता रहेका छन् ।

जिल्लालाई सरकारले सुरक्षा संवेदनशील जिल्ला मानेर सोही अनुसारको सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सदरमुकाममा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

सबै मतदान केन्ऽमा सुरक्षाको उच्च व्यवस्था मिलाईएको तथा भित्री र वाहिरी घेरामा सोहि अनुसार गस्ती बढाइएकोले ढुक्क भएर मतदान गर्न भोजपुरका प्रमुख जिल्ला अधिकारी फणिन्ऽ दाहालले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment