Comments Add Comment

मंसिर लागेपछि राजेशलाई बिहेको चिन्ता


मंसिर महिना लाग्दै गर्दा गायक राजेशपायल राइलाई पनि बिहेको चिन्ताले सताउन थालेको छ । हालसम्म बिहे नगरेका राजेश अब भने जोडी भित्राउनुपर्छ भन्ने सोचमा पुगेका छन् ।

मिलाप म्यागेजिनले आयोजना गरेको सम्मान कार्यक्रममा उनले यो चिन्ता पनि व्यक्त गरे । उनले भने-‘मैले सबैथोक पाएँ । तर, जीवनमा एकथोक पाउन सकेको छैनँ । त्यो वा उ कतै त होलिन् नी ।’

अमेरिकाको रोचेस्टर सिटिले हालै मात्र उनलाई ‘अन्तरराष्ट्रिय पप गायक’को उपाधि दिदै नोभेम्बर ५ मा ‘राई इज किङ’को नाममा महोत्सवको आयोजना गर्ने घोषणा गरेको थियो । राइलाई सोही उपाधि प्राप्त गरेको भन्दै मिलाप म्यागेजिनले सम्मानि गरेको हो ।

‘फैलियो माया दुबो सरी’ बोलको गीत गाउँदै गर्दा राजेशले आफू विश्वमा यसरि प्रसिद्धी कमाउन सफल हुन्छु भनेर सोचेका थिएनन् । तर, आज उनका विश्वभर लाखौ फ्यान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment