Comments Add Comment

हेटौंडा बजारबाट राजमार्ग हटाउने मन्त्रिपरिषदको निर्णय

मतदाता रिझाउन सार्वजनिक विदा दिने रणनीति

 

१४ कात्तिक, काठमाडौं । सरकारले चुनावको पूर्वसन्ध्यामा विभिन्न समुदाय र क्षेत्रका मानिसहरुको मन जित्न र मतदातालाई रिझाउन विभिन्न निर्णयहरु गरेको छ । सरकारले मुस्लिम धर्मगुरुको सम्झनामा सरकारी विदा दिने र क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय सुनाएकै दिन हेटाैंडा बजारमा सडक विस्तारसम्बन्धी अर्को निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले पूर्वपश्चिम र त्रिभुवन राजपथको रुट परिर्वतन गरेर हेटौंडा बजार छल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले मकवानपुरको रातोमाटे-चौकीटोल सडकखण्डलाई पूर्व-पश्चिम राजमार्ग र त्रिभुवन राजपथबाट हटाउने निर्णय गरेको छ । रातोमाटेबाट राप्ती पुलसम्मको ३ किलोमिटर बाइपासलाई अब मुख्य राजमार्ग बनाइनेछ ।

यो निर्णयसँगै अब हेटौंडा बजारभित्र राजमार्गमा पर्नेछैन । बजारभित्र राजमार्ग नहुँदा यहाँको व्यापार व्यवसायलाई भने असर पर्न सक्ने र सुक्ने सम्भावना देखिएको छ ।

पछिल्लो समय राजमार्ग विस्तारका क्रममा हेटौंडा बजारमा दुबैतर्फ २५/२५ मिटरमा रहेका भौतिक संरचना हटाउने गरी डोजर चलाइएको थियो । तर, त्यसविरुद्ध आन्दोलन भएको थियो ।

स्थानीय चुनावसँगै सडक विस्तार रोकिएको थियो ।

केही दिनअघि डिभिजन सडक कार्यालयले राजमार्ग विस्तार अघि बढाउने गरी पुनः सूचना निकालेको थियो ।

तर, मन्त्रिपरिषदले राजमार्गको रुट नै परिर्वतन गरेर हेटौंडा बजार छल्ने निर्णय गरेको छ ।

मकवानपुर १ मा कांग्रेसको समर्थनमा राप्रपा अध्यक्ष कमल थापा प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । उपप्रधान तथा उर्जामन्त्री समेत रहेका थापाले चुनावलाई समेत हेरेर मतदातालाई रिझाउने उद्देश्यले राजमार्गको रुट परिर्वतनको निर्णय गराएको विपक्षी नेताहरु बताउँछन् ।

नारायणगढ-मुग्लिन सडकको आँपटारीदेखि पुल्चोकसम्मको सकडकलाई शहरी सडक कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

सरकारले जातेजाते केही राजनीतिक नियुक्तिहरुसमेत गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवधेशकुमार त्रिपाठीलाई नियुक्त गरेको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०० रोपनीभन्दा बढी जग्गा राख्दा हदबन्दी नलाग्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment