Comments Add Comment

ट्रिपरले ठक्करबाट काभ्रेमा एकको मृत्यु

२७ मंसिर, काभ्रे । काभ्रेको पनौती नगरपालीका ७ स्थित बसपार्कमा टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बा ४ ख ८३१० नम्बरको टिपरले ठक्कर दिँदा बा ७७ प ३७० नम्बर स्कुटरमा सवार भक्तपुर ठिमिका आकाश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक पनौती ८ मल्पिका राजीव राउत गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहले बताए ।

घाइतेको बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । टिपर चालक प्रहरीको नियन्त्रणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment