Comments Add Comment

एसीसी यू-१६ क्रिकेटमा नेपालले म्यानमारलार्इ ३३७ रनले हरायो

२८ मंसिर, काठमाडौं । एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले म्यानमारबिरूद्द ३३७ रनको शानदार जित अात्मसाथ गरेको  छ ।

जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

थाइल्याण्डमा जारी प्रतियोगिताको अाफ्नो तेस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर ३५० रन बनाएको थियो । नेपालका लागि कप्तान रित गाैतमले शानदार शतक प्रहार गर्दा तृतराज दासले ६४ रन बनाए । यी दुर्इले पहिलो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए ।

उनीहरूका अलावा नेपालका विशाल विक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास ऐरले १७ रनको योगदान दिए ।

जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३ रनमा समेटियो ।

म्यानमारलाई सानो योगफलमा समेट्ने क्रममा नेपालका नारायण जोशी र मेखबहादुर सेन थापाले ४/४ विकेट लिए । जोशीले ३ ओभरमा २ मेडन राखेर मात्र १ रन खर्चे । थापाले तीन ओभरमा चार रन मात्र दिए । विशाल विक्रम केसीले एक विकेट लिए ।

ब्याटिङतर्फ म्यानमारका हियन अयुङले सर्वाधिक ३ रन बनाए ।

नेपालले यसअघि थाइल्याण्डलाई पहिलो खेलमा १३३ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा हङ्कङलाई चार विकेटले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment