Comments Add Comment

क्रिकेटर मल्लद्वारा रक्त परीक्षण तथा स्वास्थ्य परीक्षण गर्ने मेसिनको उद्घाटन

२८ मंसिर, काठमाडौं । नियमित रुपले व्यायाम गर्ने व्यवसायिक वा गैरव्यवसायिक खेलाडिहरुलाई लक्षित गर्दै सम्यक डाइग्नोस्टिक प्रालि जावलाखेलले विशेष रक्त परिक्षण एवं स्वास्थ्य परिक्षण गर्न थालेको छ ।

नेेपाल क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले उक्त रक्त परिक्षण एवं स्वास्थ्य परिक्षणको उद्घाटन गर्ने क्रममा बाहिरी रुपमा आफू स्वस्थ जस्तो लागे पनि शरिरको वास्तविकता थाहा पाउन यो परिक्षण गर्नु व्यवसायिक तथा गैर व्यवसायिक खेलाडीहरुलाई जरुरी रहेको बताए ।

खेलाडीहरु शारीरिक रुपले तन्दुरुस्त देखिएता पनि शरीरभित्र उत्पन्न हुने विभिन्न केमिकल हार्माेनको मात्राबारे जानकारी पाउनु आवश्यक छ किनकी शरीरमा लुकेको रहस्य पत्ता लगाउने उत्तम एवम् सरल उपाय रक्त परिक्षण नै हो ।

आफूले गरेको शारिरीक व्यायाम र रक्त परिक्षणको राम्रो समिश्रणले नै खेलाडीको मनोबल र आफ्नो कलामा उत्कृष्टता दिलाउन मद्दत गर्छ । उमेर अनुसार शरीरमा आउने परिवर्तन स्वाभाविक हो, उमेर अनुसार पुरुष वा महिलाहरुमा दखापर्ने हड्डी सम्बन्धी समस्याहरु जस्तैः हड्डी कमजोर हुने, हड्डी खोक्रो हुने, हड्डी भाँचिने संभावना ईत्यादीको वारेमा जानकारी दिने सरल जाँच पनि सम्यक डाईग्नोस्टिकले सुरु गरेको छ ।

उक्त अवसरमा खेलाडीहरुलाई लक्षित रक्त परिक्षण जनचेतना फैलाउने उद्देश्यले राखेर शुरु गरिएको साथै स्वास्थ्य परिक्षण सम्बन्धी उपकरण सरल एवं एफडिए अमेरिकाबाट प्रमाणित भएको कुरा सम्यक डाइग्नोस्टिक प्रालिका कार्यकारी प्रमुख डा. केयूर गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment