Comments Add Comment

दीलिपको ‘गोरे’ र ‘माइ लभ’ रिलिज


निर्वाचनका लागि नयाँ नेपाली चलचित्र हलमा आउन डराइरहेका थिए । तर, अब निर्वाचन सकिएसँगै नयाँ नेपाली चलचित्रले हलमा उपस्थिती जनाउन थालेका छन् । आज शुक्रबारबाट २ नेपाली चलचित्र रिलिज भएका छन् ।

नायक दीलिप रायमाझी र नायिका अनु शाहको मुख्य भूमिका रहेको चलचित्र ‘गोरे’ आजबाट हलमा लागेको छ । रामेशकुमार राइले निर्देशन गरेको यो चलचित्रको शिर्ष भूमिकामा नायक रायमाझी देखिएका छन् ।

यस्तै, आजबाट चलचित्र ‘माइ लभ’ पनि प्रदर्शनमा आएको छ । यो चलचित्रलाई जापानिज निर्देशक तोसिआकी इतोहले निर्देशन गरेका हुन् । चलचित्रमा गणेश लामा, शित्तल श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

साथमा, केहि जापानीज कलाकारले यो चलचित्रमा अभिनय गरेका छन् । ‘डेस्टिनेशन काठमाण्डौ र सुपर गोर्खे’ पनि आजबाट रिलिज हुने बताइएतापनि रिलिज हुन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment