Comments Add Comment

यु-१६ क्रिकेट टोलीका २ खेलाडी गृहजिल्ला कैलालीमा सम्मानित

६ पुस, धनगढी । हालै थाइल्याण्डमा भएको एसीसी यू-१६ ईस्टर्न रिजन क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीका दुई जना सदस्यलाई धनगढीमा सम्मान गरिएको छ ।

सुदूरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा यु-१६ टोलीका सदस्यद्धय नारायण जोशी र सुवोध ऐरलाई गृह जिल्लामा सम्मान गरिएको हो ।

दुवै खेलाडी धनगढी क्रिकेट एकेडेमीका उत्पादन हुन भने उनीहरु अहिले सुदुरपश्चिाञ्चल एकेडेमीमा छात्रवृतिमा अध्ययन गरिरहेका छन् ।

सुदुरपश्चिमाञ्चल एकेडेमीमा आयोजना गरिएको सम्मान कार्यक्रममा खेलाडीद्धय जोशी र ऐरलाई प्रदेश नम्वर ७ का प्रादेशिक प्रहरी प्रमुख एआईजी माधव नेपाल र कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंहले संयुक्त रुपमा सम्मान गरे ।

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले स्वागत गरेको सम्मान कार्यक्रम सुदुरपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतियोगिताका सबै खेल खेलेका नारायणले थाइल्याण्डबिरुद्ध लिएको पाँच विकेट र म्यानमारबिरुद्ध ४ विकेट लिएका थिए । प्रतियोगितामा उनले ११ विकेट लिएका थिए । त्यस्तै फाइनलमा उनले ४६ रनको निणर्ायक पारी खेलेका थिए ।

त्यस्तै २ खेलमात्र खेलेका सुबोधले फाइनलमा २२ रन बनाएका थिए ।

भारत र श्रीलंकामा ६/६ महिना निःशुल्क प्रशिक्षणको व्यवस्था गरिने

यसैवीच दुवै खेलाडीलाई निःशुल्क एक वर्षको क्रिकेट प्रशिक्षण दिइने भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले खर्च व्यहोर्ने गरी ६ महिनाको भारत र ६ महिनाको श्रीलंकामा क्रिकेट प्रशिक्षण दिइने भएको हो ।

उनीहरुको प्रदर्शनलाई अझ निखार्नका लागि निशुल्क प्रशिक्षणका लागि दुवै जनालाई पठाउने सुदुरपश्चिमाञ्चल एकेडेमीका निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले सम्मान कार्यक्रममा घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment