Comments Add Comment

महिला तथा पुरुष राष्ट्रिय भलिवल मंगलबारदेखि

९ पुस, पोखरा । राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत पोखरामा हुने २१औं महिला तथा ३१औं पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता यहि पुस ११ गतेदेखि हुने भएको छ ।

नेपाल भलिवल संघको आयोजना, राष्ट्रिय खेलकुद परिषदको संयोजन तथा पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघको व्यवस्थापनमा पुस १५ गतेसम्म पोखरा रंगशालास्थित पश्चिमाञ्चल क्षेत्रीय भलिवल टे्रनिङ सेन्टरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूूरा भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगितामा तीन बिभागीय र ५ बिकास क्षेत्रका गरी ८ पुुरुष र ८ महिला टिमले प्रतिष्पर्धा गर्ने प्रतियोगिता संयोजक राजकुमार गुुरुङले जानकारी दिए । उनका अनुसार महिला तथा पुरुष दुुबैतर्फ नेपाली सेनाको त्रिभूूवन आर्मी क्लव, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, नेपाल पुुलिस क्लव, पश्चिमाञ्चल विकास क्षेत्र, मध्य पश्चिमाञ्चल विकास क्षेत्र, सुुदूूर पश्चिमाञ्चल विकास क्षेत्र, मध्यामाञ्चल विकास क्षेत्र र पूर्वाञ्चल विकास क्षेत्रले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा महिलातर्फ समूह क मा एपीएफ क्लव, पूर्वाञ्चल, नेपाल पुलिस क्लव र त्रिभूवन आर्मी क्लव तथा समूह ख मा मध्यमाञ्चल, मध्य पश्चिमाञ्चल, सुदूर पश्चिमाञ्चल र पश्चिमाञ्चल रहेका छन् ।

यसैगरी पुरुषतर्फ समूह क मा त्रिभूवन आर्मी क्लव, पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल परेका छन् भने समूह ख मा एपिएफ क्लव, सुदूर पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल र नेपाल पुलिस क्लव परेका छन् । महिला र पुरुषतर्फ समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिता लिगकम नकाउटको आधारमा खेलाइनेछ । प्रतियोगिताको पहिलो खेल पुस ११ गते विहान ८ बजे महिलातर्फ एपीएफ क्लव बिरुद्ध पूर्वाञ्चलबीच हुनेछ । पुरुषतर्फको पहिलो खेल त्रिभुवन आर्मी र पूर्वाञ्चलबीच हुनेछ ।

प्रतियोगिताबाट राष्ट्रिय टिमका लागि खेलाडीसमेत छनौट गरिने खेलाडी छनौट समितिका संयोजक तथा नेपाल भलिवल संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार महिला तथा पुरुष दुवैतर्फ २५/२५ जना छनौट गरिनेछ । उनीहरुलाई क्लोज क्याम्पमा राखेर पछि १२/१२ जना छनौट गरेर राष्ट्रिय टिम घोषणा गरिने गुरुङले बताए ।

प्रतियोगिताको महिला तथा पुरुष दुबैतर्फको बिजेताले ५० हजार, उपबिजेताले ३० हजार र तृतीय हुनेले २० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको अनुमानित बजेट १९ लाख छ ।

प्रतियोगिता अवलोकनका लागि लिग चरणका खेलहरुमा एक सय र सेमिफाइनल तथा फाइनल खेल हेर्न २ सय रुपैयाँ टिकटदर तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment