Comments Add Comment

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता हुँदै

फाइल तस्वीर

१८ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ ।

कांग्रेसले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा पूर्व राष्ट्रिय पार्टीका शीर्ष नेताहरुसँग परामर्श गर्न सुझाव दिए लगतै देउवाले प्रचण्डलाई भेटका बोलाएका हुन् । माओवादी अध्यक्ष प्रचण्ड केहीबेरमा बालुवाटार पुग्ने बताइएको छ ।

भेटमा राष्ट्रियसभा निर्वाचन तथा नयाँ सरकार गठनबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीले आवश्यकताका आधारमा अन्य दलका नेताहरुसँग पनि परामर्श गर्न सक्ने उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment