Comments Add Comment

विनोद, सागर र राजेश डिभिजन टू खेल्न टिममा परेनन्

२० पुस, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूको तयारीमा रहेको नेपालको प्रारम्भीक टोलीको घोषणा भएको छ ।

तर, लामो समयदेखि टिममा रहेका विनोद भण्डारी, सागर पुन र राजेश पुलामी टोलीमा पर्न असफल भएका छन् । अब उनीहरुले डिभिजन टू खेल्ने छैनन् ।

यू-१९ बाट रोहितकुमार पौडेलसँगै अनिलकुमार साहले भने टिममा स्थान बनाएका छन् ।

रोहित हालै सम्पन्न एभरेष्ट प्रिमियर लिगका मोष्ट भ्यालुएवल प्लेयर बनेका थिए भने बिराटनगरलाई उपाधि दिलाउन अनिलले महत्वपूर्ण भूमिका खेलेका थिए ।

पारस खड्का कप्तान रहेको नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, करण केसी, सोमपाल कामी र सन्दिप लामिछाने छन् ।

यस्तै आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, दिलिपनाथ, दिपेश श्रेष्ठ, किशोर महतो, ललित भण्डारी, ललित राजवंशी, रसिद खान, सिद्धान्त लोहनी, सुनिल धमला र शुशन भारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment