Comments Add Comment

दर्शकको प्रतिक्रियाले उत्साहित ‘इकु’ र रवि, कस्तो चल्यो ‘फिर्के’ ?


शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘फिर्के’लाई दर्शकहरुले दिनुभएको प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको यसको निर्माणपक्षले बताएको छ । चलचित्रको रिलिज पश्चात यसका निर्देशक रवि डंगोल र प्रस्तुतकर्ता तथा कलाकार सुलेमान शंकर ‘इकु’ हल-हलमा कुदिरहेका छन् ।

उनीहरुले भने-‘चलचित्र हेर्नका लागि दर्शकको भिड बाक्लो नभएपनि जतिले हेर्नुभएको छ, अत्यन्तै राम्रो प्रतिक्रिया मिलेको छ । आशा छ, मौखिक प्रचारले चलचित्रलाई फाइदा हुनेछ ।’

सुलेमानले आफूले ‘इकु’को ह्याङ्गबाट बाहिर निस्केर नयाँ भूमिकामा काम गर्दा दर्शकले रुचाएको बताए । उनले, शुक्रबार र शनिबार दर्शकको संख्या हलमा ठूलो मात्र नदेखिएपनि सकारात्मक प्रतिक्रियाका कारण दर्शक बढेको बताए ।

चलचित्रमा सुलेमान शंकर, अर्पण थापा, ऋचा शर्मा, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय छ । अष्ट महर्जनको एक्सन निर्देशन रहेको चलचित्रलाई ओमलाल गुरुङ र राजेश श्रेष्ठले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment