Comments Add Comment

बीओकेको भैरहवामा शाखा


२४ पुस, काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले भैरहवामा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

शाखाको बैंकका संचालक केदारनाथ गौतम र सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष रामकुमार शर्माले संयुक्त उद्घाटन गरेका छन् । यस शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिनेछ ।

आर्थिक वर्ष २०७४/२०७५ को प्रथम त्रैमासमा बैंकले रु. ६९ अर्ब १५ करोड कुल निक्षेप परिचालन र रु. ६२ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको छ । हाल बैंकले ७५ शाखा, ७५ एटिएम, ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट आप्mनो ग्राहकलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment