Comments Add Comment

प्रदेश राजधानीका लागि क्षेत्रीय प्रशासनमा धर्ना

२५ पुस, डोटी । प्रदेश नं. ७ को राजधानी दिपायल हुनु पर्ने माग गर्दै मंगलबारबाट सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना कार्यक्रम सुरु भएको छ । लगातारको बन्द स्थगित गरेर संघर्ष समितिले आन्दोलनको स्वरुप फेरेको हो ।

संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले दिएको जानकारी अनुसार ६ दिनसम्म लगातार बन्दका कारण जनजीवन अस्तव्यस्त भएको हुँदा आन्दोलनको स्वरुप परिवर्तन गरिएको हो । ‘हाम्रो राजधानीको माग कायमै छ’ संघर्ष समितिद्वारा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आन्दोलनको बारेमा जानकारी दिदै खड्काले भने ‘तर जनतालाई प्रत्यक्ष सास्ती हुने काम स्थगित गरी रचनात्मक दबाब दिने निर्णय गरेका छौं ।’

संघर्ष समितिले आठ दिन लामो धर्नाको कार्यक्रम तय गरी मंगलबारदेखि धर्ना सुरु भएको खड्काले बताए । ‘क्षेत्रीय प्रशासन कार्यालय राजपुरमा दैनिक दिउसो १२ बजे देखि २ बजेसम्म धर्ना दिन सुरु गरिएको छ’खड्काले भने ‘हामीले बन्दका कार्यक्रम हाललाई स्थगित गरेका हौं, यदि सरकारले हाम्रो माग बिपरित कुनै निर्णय गरेछ भने फेरि आकास्मिक बन्द हुनेछ ।’

संघर्ष समितिले तय गरे अनुसार मंगलबारको धर्ना कार्यक्रमको नेतृत्व उद्योग बाणिज्य संघले गर्दैछ । यस्तै बुधबार शैलेश्वरी यातायात ब्यवसायी समिति, बिहीबार गैरसरकारी संस्था महासंघ, शुक्रबार होटल ब्यवसायी संघ, शनिबार निर्माण ब्यवसायी संघको नेतृत्वमा धर्ना कार्यक्रमको नेतृत्व गर्ने छ ।

त्यस्तै पुस ३० गते नागरिक समाज, माघ १ गते शिक्षक महासंघ र माघ २ गते स्वतन्त्र विद्यार्थी युनियन डोटी क्याम्पसले धर्ना कार्यक्रमको नेतृत्व गर्नेछन् । सँगै संघर्ष समितिले प्रदेशका अन्य पहाडी जिल्लाका सरोकारवालासंघ अन्तरक्रिया, बहस तथा समन्वयकारी काम गर्ने बताएको छ ।

१३ औं दिनदेखिको लगातारको आन्दोलनले पहाडी जिल्लाको जनजीवन अस्तब्यस्त बनेको थियो । बन्दले अत्यावश्यक औषधीको अभाव हुन हुनुका साथै नुनतेल, दैनिक उपभोग्य सामागि्र, निर्माण सामग्री लगायत अभाव हुँदा जनजीवन कष्टकर बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment