Comments Add Comment

गौरव तण्डुलको रथीमा बढुवा, यूएन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्ने

२८ पुस, काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी गौरव तन्डुललाई रथी बढुवा गरेको छ । साथै उनलाई यूएन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले तन्डुललाई रथीमा बढुवा गरेको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

रथीमा बढुवा भएका तण्डुलले अब शान्ति सेनाको ‘यूएन फोर्स कमाण्डर’मा प्रतिस्पर्धा गर्नेछन् ।

अहिले डेपुटी फोर्स कमाण्डर मात्र नेपाली सेनाका छन् । २ वर्षअघि पूर्णचन्द्र थापा फोर्स कमाण्डर थिए । त्यसअघि वालानन्द शर्मा, कृष्णनारायण थापा र पवनजंग थापाले पनि यूएन फोर्स कमाण्डरको जिम्मेवारी निभाएका थिए ।

मन्त्रिपरिषद् बैठकले प्राविधिक महासेनानी गेहेन्द्रलाल महर्जनलाई प्राविधिक सहायक रथीमा पदोन्नती र पदस्थापन गर्ने निर्णय गरेको छ ।

साथै महेन्द्रनाथ उपाध्यायलाई नेपाल न्याय सेवाको विशिष्ठ श्रेणीमा बढुवा गर्दै पदस्थापन गरेको छ भने पुनरावेदन समिति अध्यक्ष हेमराज पन्तलाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment