शुक्रबार, ४ साउन, २०७५
OnlineKhabar.com
Suzuki

न्यायालयलाई प्रभावित नपार्न गोविन्द केसीलाई रामशरण महतको सुझाव

'संघीयता मुलुकले धान्न नसक्नेजस्तो देखियो'

Suzuki
अनलाइनखबर

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुस निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित नपार्न डा. गोविन्द केसीलाई चेतावनी दिएका छन् ।

शुक्रबर रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा नेता डा. महतले भने, ‘अदालत भनेको स्वतन्त्र न्यायापालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, कुनै दबाब वा हस्तक्षेप गर्नुहुँदैन ।’

अदालतको विषयमा पार्टीको अडान हुन नहुने उनको भनाई थियो । उनले भने, ‘दलहरुले अदालतलाई प्रभाव पाने कुरा गर्नुहुँदैन, यो गलत हुन्छ ।’

महतले डा. केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागेको विषयप्रति टिप्पणी गर्दै राजीनामा दिने नदिने प्रधानन्यायाधीशको आफ्नो कुरा भएको भन्दै डा. केसीका आरोपका आधारहरु प्रमाणित गर्नुपर्ने बताए ।

यद्यपी उनले केसीले उठाएका शैक्षिक तथा स्वास्थ्यसम्बन्धी मागहरुमध्ये आफू अर्थमन्त्री हुँदा कतिपय पूरा भएको पनि जानकारी दिए । उनले भने, ‘केसीले उठाएका मेडिकल एजुुकेशनसम्बन्धी माग राम्रो हो, त्यसको सम्बोधन गर्न मैले पनि पहल गरेकै हो ।’

नेता महतले प्रधानन्यायाधीश वा न्यायाधीशहरुको बारेमा कुनै विवाद भए छानबिन गर्न न्याय परिषद र संवैधानिक परिषद भएकोले यस विषयमा यी दुई निकायले निक्र्यौल गर्ने विषय भएको पनि स्पष्ट पारे ।
उनले भने, ‘प्रधानन्यायाधीशको उमेर खासगरी नागरिकता र शैक्षिक प्रमाणपत्रको विवादबारे छानबिन भएर चाँडो बाहिर आउनुपर्छ, कानूनलाई आधार मानेर निर्णय हुनुपर्छ, तर कानूनलाई मिचेर निर्णय लिनुहुँदैन ।’ अदालत न्यायको मन्दिर भएकोले यसलाई निश्पक्ष ढंगले काम गर्न दिनुपर्ने उनको भनाई छ ।

नेता महतले मुलुकमा निर्वाचनपछि संक्रमणकाल सकिएको भनिएपनि नयाँ संक्रमणको सुरुवात भएको गुनासो राखे । संघीय प्रणालीमा मुलुक जाँदा नयाँ खाले संक्रमणहरुको सुरुवातहरु देखिएको उनको भनाई थियो ।

आफूले सुरुवातदेखि नै संघीय व्यवस्था मुलुकले धान्न सक्ने खालको बनाउनुपर्छ भनेर आवाज उठाउँदै आएको स्मरण गर्दै भने, ‘अहिले ११५ अर्ब ऋण लिइएको छ, अनुत्पादक खर्चहरु भएका छन्, मितव्ययी बनाउनुपर्छ भनेर म सुरुदेखि नै बोल्दै आएको छु ।’

संवैधानिक व्यवस्थामा नै जटिलताहरु भएकोले अहिले नयाँ सरकार गठनमा ढिलाई भैरहेको उनको तर्क थियो । ‘कसैलाई दोष दिने ठाउँ छैन, संविधानमा नै हामीले अप्ठ्यारा प्रावधानहरु राखेका छौं ।’

त्यस्तै उनले प्रदेश प्रमुख र अस्थायी राजधानी आज तोक्ने भनिएको भएपनि सरकारले तोक्न नसक्नु दुःखदायी कुरा भएको भन्दै दुखेसो पोखे । महतले चाँडो भन्दा चाँडो सत्ता हस्तान्तरण गर्नुपर्ने बताए । उनले भने, ‘नयाँ म्याण्डेटअनुसार नयाँ सरकार बन्नुपर्छ, तर अहिलेका प्रधानमन्त्रीको नियत सफा छ, बाध्यकारी भएरमात्रै उहाँ बसिरहनुभएको हो ।’

२०७४ पुष २८ गते १७:१० मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१३ प्रतिकृयाहरू प्राप्त
  • Nuwakote लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते १७:२७

    Bolyo Jasta pata chor

    Bhukampa pitid ko Jasta pata bechne daka le thula kura garxa

    54
    1
    Share

  • Ramsharan Shiwkaoti लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते १७:४४

    jastapata matra dhanna sakxa jati pani nepal le hai

    28
    0
    Share

  • Ramsharan लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते १७:५२

    kina? jasta pata ali dharai khapat hunxa ho?

    28
    0
    Share

  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते १८:१४

    अदालत भनेको स्वतन्त्र न्यायापालिका हो
    Dr. Mahat, Sushila Karki lai tapai ko party le MAHA-AVIYOG kina lagayo, ani kina firta liyo? Tyo barema pani kehi bolnus na.

    28
    0
    Share

  • Bikas लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते १८:१५

    छानबीन गरी वीधी अनुसार आरोप प्रमाणीत होस भन्ने विचारलाइ बंग्याएको देखीयो ।

    11
    1
    Share

  • प्रल्हाद सुबेदी लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते १८:३९

    लौ, यि महात्मा ले पनि मुख खोलेछन । बोल बोल, तिमी जस्ताले बोल्ने नै यस्तै हो । ……. काडाको आँखामा काँडै संसार ।।।।।

    16
    0
    Share

  • नेपाली जनता लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते १८:४९

    यस्ता जोगीहरुले त कुनै हालतमा प्रभावित पार्न पाइन्न । के छ उनीसंग हैसियत ? न उनी करका हाकिम, न ठूला ब्यापारी, न एनआरएनका ठूला ब्यापारी, न मन्त्री, न नेता । के छ उनको हैसियत प्रभावित पार्नलाई ? प्रभावित पार्नेहरुले पारिसके, कर छुट लिइसके, लुटको संसार मच्चाइसके । गोविन्दे, माफिया नबन्दै अदालतलाई प्रभावित पार्ने कोसिस नगर्नु, गोपाल सर, चानचुनमा बिक्ने मान्छे हैन, ठूलै छ पेट ।

    0
    0
    Share

  • सुबस लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते १८:५१

    रामसरन जस्ता भ्रस्टहरु ले भन्ने तेहित हो कुन नौलो कुरा भो र।जस्ले गरेको भ्रस्टचार लाइ सफाई दिने काम त गोविन्द सर ले दियन?

    0
    0
    Share

  • bivek लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते १९:१८

    afno party le sachha nyayemurti sushila karki lai hastachep garera mahaabhiyog lagaunda chai kai bhayena , ahile bhrasta biruddha awaaz uthda chahi tyasto bhancha yo jasta paata chor. dhikkar cha

    0
    0
    Share

  • chandra limbu लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते १९:५३

    इन्को पेवा हो नि ! उनिहरुले चै महाअभियोग लगाएर एक निषावान ब्यक्तिलाई पद्च्युत गर्न मिल्ने अनि एक भ्रस्टलाई दवाव दिदा चै ठिक भएन । चुतियागिरी छोड न हो अब अब नेता जाठा हो । पापै लाग्छ हो अब त कती बचाउछौ हराम्खोर्हरुलाई ।

    0
    0
    Share

  • deepak bhattarai लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते २०:१९

    chudamani ko mit vastra neta timi pani hau thula kura nagar tesaile janatale chataidiya chunab ma corruped nayadhis lai karbahi hunu par6 timi r chuda mani miler kati khayau vana

    0
    0
    Share

  • Vijay Prasad Mishra लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते २०:४४

    कर मिनाहा काण्डमा फसेका डाक्टर रामशरण महत एण्ड कम्पनीलाई बचाइ दिएको ऋण प्रधानन्यायधिसलाई तिरेको जस्तो देखियो ।

    0
    0
    Share

  • Khambba Singh Darlami Magar लेख्नुहुन्छ    |   २०७४ पुष २९ गते १०:५७

    You just shut-up your mouth, Dear Dr. Mahat Collaborators of Chooda Mani Sharma. you have lost your ethic/morale to speak in the civilized and legal world

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this