Comments Add Comment

संस्थागत निक्षेपमा कडाई, ३ महिनासम्म ब्याजदर परिवर्तन गर्न नपाइने

अब जनुसुकै बैंकमा खाता भएपनि अन्यबाट रकम जम्मा गर्न मिल्ने

७ माघ, काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लिने संस्थागत निक्षेपमा कडाई गरेको छ । आइतवार परिपत्र जारी गर्दै राष्ट्र बैंकले संस्थागत निक्षेपको ब्याजदर ३ महिनासम्म परिर्वतन गर्न नपाउने व्यवस्था गरेको छ ।

बैंकहरुले बोलकबोलबाट उठाउने संस्थागत निक्षेपमा प्रकाशित गर्ने ब्याजदरभन्दा २ प्रतिशत थप गर्न पाउने व्यवस्था यसअघि नै रहेको थियो । तर, प्रकासिशत ब्याजदर परिवर्तन सम्बन्धि व्यवस्था भने गरिएको थिएन ।

यस्तै, जुनसुकै बैंकमा खाता रहेपनि ग्राहकले रकम जम्मा  वा घरायसी भुक्तानी गर्न सकिने सुविधा दिन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको छ ।

अब ग्राहकले आफ्नो खाता भएको बैंक वा त्यसको शाखामै गएर रकम जम्मा गर्न पर्ने बाध्यताको अन्त्य भएको छ । तर, यसको लागि निश्चित शुल्क भने बैंकहरुले लिन पाउने भएका छन् । यसरी लिने शुल्कको जानकारी ग्राहकलाई गराउनु पर्ने व्यवस्था समेत गरिएको छ ।

यसरी १ लाखभन्दा बढि रकम जम्मा गर्नेको पहिचान पत्र र पहिचान खुल्ने कागजात लिनुपर्ने, रकम जम्मा गरेपछि निस्सा दिनुपर्ने लगायतको समेत व्यवस्था गरेको छ ।

जम्मा गरेको रकम कुनै कारणबाट जम्मा हुन सकेन भने बैंकहरुले जम्मा गर्ने व्यक्तिलाई त्यही दिन जानकारी गराउनुपर्ने व्यवस्था समेत गर्नुपर्ने प्रावधान राष्ट्र बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment