Comments Add Comment

डुक युनाइटेडलार्इ हराउँदै आर्मी सेमिफाइनलमा

८ माघ, इटहरी । त्रिभुवन आर्मी क्लब मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा भुटानको डुक युनाइटेड क्लबलाई ५–० ले पराजित गरी आर्मी अन्तिम चारमा पुगेको हो ।

आर्मीले २० औँ मिनेटमा पदम तामाङको गोलबाट खाता खोलेको थियो । ४१ मिनेटमा उनले नै दोस्रो गोल गरेपछि आर्मी पहिलो हाफमा २-० को अग्रता लिन सफल रह्यो ।

दोस्रो हाफमा थप ३ गोल थप्यो । दिनेश हेमजोङले ६५ र ८५ औँ मिनेटमा गरी दुर्इ गोल गरे भने टंक बस्नेत एक गोल गरे ।

प्रतियोगिताअन्तर्गत मंगलबार आयोजक राष्ट्रिय जागृति क्लब इटहरी र गरिफा स्पोर्टस क्लब कोलकाताबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment