Comments Add Comment

अनमोल केसीले सार्वजनिक गरे ९ लाखको ‘लियोंसिनो’ बाइक

८ माघ, काठमाडौं । बेनलीले लियोंसिनो मोडलको बाइक सार्वजनिक गरेको छ । नायक तथा बेनेलीका ब्राण्ड एम्बेसडर अनमोल कसीले एक समारोहका बीच यसलाई सार्वजनिक गरे ।

लियोंसिनो ब्रान्डमा समकालीन शैली, पारंपरिक भाव र रुचीको साथै समकालीन जोडको समायोजन रहेको कम्पनी बताउँछ ।

इटालियन मोटरसाइकिलिङको दिगज्ज भएकोर यसले ठूलो मात्रामा बेनेली ब्रान्डका लागि योगदान दिएको छ,आज यो ब्रान्डले आधुनिक संसारमा आफ्नो छुट्टै पहिचान पाएको कम्पीको दावी छ ।

लियोंसिनो इस्क्राम्बल शैलीको छीटो-छरितो र शानदार मोटरसाइकल हो, यसमा १७ इन्चको मिश्रधातुले बनेको पांग्रा छ र यसले बाटोमा अधिक आनन्दको महसुस गराउँछ ।

यसमा अगाडि १२०/७०-जेड आर १७ र पछाडि १६०/६० जेडआर १७ पांग्रा छ । जसले जस्तोसुकै अवस्थामा पनि सन्तुलन र क्षमताको ग्यारन्टी दिन्छ ।

अगाडि भागमा सस्पेन्सनमा छ अप्साइड डाउन ४५ एमएम फोर्क जुन ३२० एम.एम डिस्कलाई पकडमा राखेको ४ पिस्टन ब्रेक क्यालिपर्ससँग जोडिएको छ।

पछिल्लो भागअन्तर्गत रहेको स्विंगआर्मको गतिबिधिलाई नजिकै राखिएको शकअब्जर्बरले नियन्त्रित गर्छ र ब्रेकिंग भने सिंगल पिस्टन क्यलिपर रहित २६० एमएमको डिस्कले नियन्त्रण गर्छ ।

लियोंसिनोमा छ ५०० सीसीको लिकुइड कुल्ड टूइन सिलिन्डर ४ स्ट्रोक इन्जिन, जसले दिन्छ । यसमा ८५०० आरपीएममा ४८ सीभी -३५ कि.वा)को अधिकशक्ति र ४५०० आरपीएममा ४६ एनएम (४.६ केजी)को अधिक टोर्क छ ।

बाइकले वेट सम्प लुबि्रकेसन, इलेट्रोनिक इन्जेक्शन, ओभरहेड डबल क्याम्स्याफ्ट टाइमिंग सिस्टम, हरेक सिलिन्डरमा ४ भल्भ, हाइड्रोलिक क्लच र ६ इस्पिडको गियरबक्स, इस्टिल ट्रेलिस फ्रेमले अत्याधिक भर्सट्यालिटी र मनुभरेबिलिटीको ग्यारन्टी दिन्छ ।

बेनेलीको प्रशिद्ध भाव बिपरित सेन्ट्रोस्टाइल बेनेलीको डिजाइनले मोटरसाईकलको स्पष्ट आकारलाई सिद्धताको साथ दर्शाएको छ । अगाडिको फेन्डर जसले लाएनअफ पेजारोलाई गौरबका साथमा दर्शाउँछ ।

इन्धन ट्यांक र सिटले नयाँ लियोंसिनोले सबैको ध्यान तान्न सक्नेछ । एबीएस, आधुनिकउपकरणको प्रयोग, प्रोजेक्टर र एलएडी प्रविधिले यसलाई सर्बोत्कृष्ट उत्पादन बनाएको कम्पनीको दावी छ ।

लियोंसिनो रातो, सिल्भर र कालो रंगमा उपलब्ध छ । यसको बिशेष सुरुवाती मूल्य ८ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment