
९ माघ, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको योजनाकार समिरमानसिंह बस्न्यातसहित ९ जना जेल चलान भएका छन् । दुई जना धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायधीश बाबुकाजी बानियाँको इजलाशमा भएको बहसपछि अदालतले सिरहाका श्याम गुप्ता र उदयपुरका राजकुमार शाहलाई धरौटीमा छोडेको हो ।
उनीहरु ३० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।
गौचनको २३ असोजमा काठमाडौंमा दिनदहाडै गोली हानी हत्या गरिएको थियो । उनको हत्यामा संलग्न मुख्य सुटर श्यामबहादुर गुरुङ मंगलबार पक्राउ परेका छन् ।
प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा कुमार घैंटेले गौचनको डाँफे कन्स्ट्रक्सनमा लगानी गरेको दुई करोड ५० लाख रुपैयाँ मध्ये १ करोड आफ्नो भएको दाबी घटनाका मुख्य योजनाकार समिरमानसिंहको थियो । र, सोही रकम नदिँदा गौचनको हत्या भएको थियो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4