Comments Add Comment

नदी तलाउमा सरस्वतीको मूर्त्ति सेलाइयो

१० माघ, वीरगञ्ज । माघ शुक्ल पञ्चमीका धुमधामका साथ सरस्वती पूजा गरेका विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरुले बुधबार मूर्त्ति सेलाएका छन् ।

‘श्रीपञ्चमी’ पर्व सम्पन्न भएको दुई दिनपछि विद्याकी अधिष्ठात्री देवी सरस्वतीको मूर्त्ति सेलाइएको हो ।

पराल र माटोको प्रयोग गरेर बनाइएको सरस्वतीको मूर्त्तिलाई सिंगारेर आकर्षक बनाइएको हुन्छ । त्यही मूर्त्तिलाई पञ्चमीका दिन पूजा गरेर त्यसको भोलिपल्ट नदी तलाउमा लगेर सेलाउने गरिन्छ ।

वीरगञ्ज क्षेत्रको मूर्ति सिर्सिया, तिलावे, वागमति र राप्तीमा समेत लगेर सेलाउने गरिएको छ ।

तराई मधेसमा मंगलबार मूर्त्ति सेलाउने कामलाई अशुभ मानिने भएकोले बुधबार मूर्त्ति बिर्सजन गरिएको सरस्वती पूजा आयोजक समितिहरुले बताएका छन् ।

मूर्त्ति सेलाउने क्रममा गाना बजानासहित रमाईलो गर्दै विद्यार्थीहरु नदी तथा तलाउमा पुग्ने गरेका छन् ।

यसरी सरस्वती माताको मूर्त्ति सेलाउने क्रममा जाँदा बजाइएको भोजपुरी गानाको शब्द अलि उछृङखल भएको गुनासो सर्वसाधरणले गरेका छन् ।

सरस्वतीको आरधाना गरेको गीतहरु भन्दा पनि भोजपुरी छाडा गीतहरुले प्राथमिकता पाएको उनीहरुको भनाइ छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रहृमचारिणी, चन्ऽघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने चलन छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-अाफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्ने गरेका छन् ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रहृमाकी अर्धाङ्गनिी ब्रहृमायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने जन विश्वकास छ ।

यसै कारणले तराई मधेसमा सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने मान्यता पनि छ र सोही दिनबाट स-साना बालबालिकाको अक्षराम्भ पनि गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment