Comments Add Comment

रोल्पाका नब्बे प्रतिशत महिला कृषिमा

 


१३ माघ, रोल्पा । यहाँ व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला देखिएका छन् । व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, बंगुरपालन, बीउ उत्पादनलगायत पेशामा आबद्ध किसानमध्ये ९० प्रतिशत महिला रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिए ।

अधिकांश पुरुष वैदेशिक रोजगारीमा जानु, घरमै भएका पुरुषमा पनि कृषिबाट जीविकोपार्जन सम्भव छ भन्ने आत्मविश्वास कम हुनु आदि कारणले जिल्लामा महिला कृषकको सङ्ख्या अधिक देखिएको बताइएको छ ।

सरकारी तथा गैरसरकारी संस्थाले दिने अनुदानको समेत सदुपयोग गर्दै व्यवसाय प्रवद्र्धनमा महिलाहरु विश्वसनीय देखिएको श्रेष्ठले बताए । कृषि क्षेत्रबाट गएको अनुदान तथा कर्जाको रकम महिला कृषकले उद्देश्यमूलक काममा खर्च गरेकाले जिल्लाको कृषि क्षेत्र सुधारोन्मुख दिशातर्फ जाँदै गरेको श्रेष्ठको भनाइ छ ।

जिल्लाका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई व्यवसाय गरेका महिलाले व्यवसायबाट मुनाफा गरी समयमै सावाँ तथा व्याजसमेत चुक्ता गर्दै आएको बैंक तथा वित्तीय संस्थाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment