Comments Add Comment

दुर्गममा ढिके नूनकै भर


१५ माघ, जाजरकोट । यहाँका दूरदराजका गाउँमा अझै ढिके नूनको प्रयोग हुने गरेको छ । जिल्लाका नलगाड नगरपालिकाका वडा नं ६, १०, ११, १२ र १३ का स्थानीयवासी अझै ढिके नून प्रयोग गर्न बाध्य छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन जिल्ला शाखाले ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नून पुर्याउन नसक्दा यहाँका गाउँमा ढिके नूनको प्रयोग बढेको हो । नगरपालिकाको दल्लीमा रहेको डिपोबाट महिनाको दुई दिन आयोडिनयुक्त नून वितरण हुने गर्दछ ।

महिनाको दुई दिन वितरण हुने उक्त नून कहिले वितरण हुन्छ भन्ने सूचनाको अभावमा यहाँका ग्रामीण क्षेत्रका स्थानीयवासीले आयोडिनयुक्त प्रयोग गर्न नसकेका हुन् ।

ढिके नून गाउँकै बजारमा पाइने आयोडिनयुक्त नून लिन ६ घण्टा हिँड्नुपर्ने बाध्यता रहेको नलगाड नपा–१२ का वडाध्यक्ष लालबहादुर खत्रीले बताए ।

आयोडिनयुक्त नून प्रयोग गरेमा हुने फाइदाका विषयमा समेत स्थानीयवासी जानकार नहुँदा थप समस्य आएको हो । आयोडिनयुक्त नून प्रयोगको फाइदाका विषयमा समेत स्थानीयवासीलाई जानकारी गराउन सके प्रभावकारी हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment