Comments Add Comment

बिरामी चलचित्रकर्मीलाई बोर्डको सहयोग, निकिताले देखाइन् सक्रियता


चलचित्र विकास बोर्डको मातहतमा रहेको चलचित्रकर्मी कल्याणकारी कोषबाट विरामी चलचित्रकर्मीलाई सहयोग गरिएको छ । केहि समयदेखि स्वास्थ्यमा समस्या देखिएका कारण उपचार गराइरहेका चलचित्रकर्मी तथा साहित्यकार हरिप्रसाद रिमालको घरमै पुगेर कल्याणकारी कोषबाट ४ महिनाको मासिक भत्ता हस्तान्तरण गरिएको छ । बोर्डमा अध्यक्ष पद रिक्त भएपछि चार महिनादेखि चलचित्रकर्मीले प्राप्त गर्दै आएको सहयोग रकम रोकिएको थियो ।

तर, बोर्डमा अध्यक्ष पदमा निकिता पौडेल नियुक्त भएर आएसँगै यो कामलाई पुनः सुरु गरिएको छ । अध्यक्ष पौडेल र कोषकी संयोजक बसुुन्धरा भुषालसहितको टोली रिमालको घरमै पुगेर रकम हस्तान्तरण गरेको हो । मासिक भत्ता बोर्डमै लिन आउने व्यवस्था भएपनि अध्यक्ष पौडेल चलचित्रकर्मीको स्वास्थ्य स्थिती वुझ्न घरमै पुगिरहेकी छिन् । यस्तै, अर्का कलाकार जयनेन्द्र चन्द्र ठाकुरको घरमा पुगेर पनि चार महिनाको कल्याणकारी कोषको रकम हस्तान्तरण गरिएको छ ।

यस्तै, चलचित्र विकास बोर्डले बिरामी मेकअप आर्टिस्ट इन्द्र लामालाई नगद १ लाख रकम हस्तान्तरण गरेको छ । उनको हाल मनमोहन अस्पतालमा उपचार भैरहेको छ । यस्तै, चलचित्र विकास बोर्डले लामो समयदेखि चलचित्र लेखनमा सक्रिय लेखक मौनता श्रेष्ठलाई पनि नगद १ लाख सहयोग गरेको छ । उनी, पनि लामो समयदेखि उपचार गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment