Comments Add Comment

विस्तारवादी नीति नयाँ ढंगले लागू गर्न सुष्माको नेपाल भ्रमणः मोहनविक्रम

राष्ट्रियसभामा सिट नदिएर एमाले–माओवादीले धोका दिएको आरोप


१९ माघ, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आफ्ना विस्तारवादी नीतिहरुलाई नयाँ प्रकारले लागू गर्न भारतीय विदेशमन्त्री सष्मा स्वराजले नेपाल भ्रमण गरेको टिप्पणी गरेका छन् । सुष्मा नेपाल आइपुगेकै दिन सिंहले एक विज्ञप्ति जारी गर्दै भ्रमणबारे धारणा सार्वजनिक गरेका हुन् ।

भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई पार्टीले गम्भीर राजनीतिक अर्थमा लिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘नेपालमा वाम पक्षधर शक्तिहरुको विजय र ने.का. पक्षको पराजयका सन्दर्भमा नयाँ सरकारद्वारा नेपालप्रतिका आफ्ना विस्तारवादी नीतिहरुलाई नयाँ प्रकारले लागू गर्न वातावरण तयार पार्न नै भारतीय विदेशमन्त्रीको नेपाल यात्रा भएको हो भन्ने कुरा प्रष्ट छ ।’  सिंहले विज्ञप्तिमार्फत नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताविरुद्ध भारत रहेको र नेपालको कुनै पनि सरकार वा राजनीतिक पक्षले यसलाई साथ दिन नहुने सुझाएका छन् ।

एमाले-माअाेवादीले धाेका दिए

सिंहले राष्ट्रियसभाको एक सिट आफ्नो पार्टीर्लाइ दिने सहमति गरेर एमाले–माओवादीले धोका दिएको आरोपसमेत लगाएका छन् । ‘राष्ट्रियसभा चुनावका सन्दर्भमा ४ नं. प्रदेशमा कम्तीमा एक सीट राष्ट्रिय जनमोर्चालाई दिनेबारे लिखित रुपमा नै सहमति भएको थियो’, सिंहले भनेका छन्, ‘तर त्यस सहमतिलाई कार्यान्वयन गर्नेबारे पनि कुनै काम गरिएन । त्यसका लागि हाम्रो पार्टीले दुःख प्रकट गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment