Comments Add Comment

अन्ततः सोनम कपुरले बिहे गर्ने

अंग्रेजी पात्रो अनुसार बर्षको अन्त्यतिर बिरुष्का अर्थात अनुष्का शर्मा र विराट कोहलीको बिहेले बलिउडलाई रसिलो बनायो । उनीहरुको बिहे, रिसेप्सन पार्टी, हनिमुनको प्रसंग तात्तातो विषय बन्यो, मिडियाको लागि ।

अब यो बर्ष (अंग्रेजी क्यालेन्डर अनुसार) दुई बलिउडकर्मीको बिहेको संयोग जुरेको छ । पहिलो हो, दीपिका पादुकोण र रणवीर सिंहको । यी दुई जोडी फिल्म ‘पद्यावत’को कारण चर्चामा छन् । फिल्ममा दुबै एकअर्काको बिरुद्धमा छन् । यसअघिका फिल्म ‘बाजिराव मस्तानी’ र ‘रामलिला’मा भने दुबैले अनस्त्रिmन जोडी बाँधेका थिए । अब उनीहरु अफस्त्रिmन जोडीको रुपमा औपचारिक ढंगले बाँधिदैछन् ।

दीपिका र रणवीरको कुरा यहि बिट मारौं । किनभने अर्को तात्तातो खबर फैलिएको छ, सोनम कपुरको बिहेको ।

स्टाइलिस पिता अनिल कपुरकी फेसनवेल छोरी सोनमले आफ्नो जोडी खोजिसकेकी छिन् । आगमी जुन महिनामा उनको बिवाह धुमधामका साथ हुने चर्चा छ । सोनम कपुर त्यसैपनि फेसनेवल । फिल्ममा आउनुअघि उनी फेसन डिजाइनर थिइन् । त्यसो त बलिउड इभेन्टमा उनी यस्तो पहिरनमा झुल्किने गरेकी छिन्, जसले सर्वत्र ध्यान खिच्ने गर्छ ।

यी स्टाइलिस अभिनेत्री सोनमले यहि बर्ष ब्वाइफ्रेन्ड आनन्द आहूजासँग जोडी बाध्ने पक्का भएको हो । दुबै लामो समयदेखि रिलेसनसिपमा थिए ।

अनिल कपुरले उनीहरुको सम्बन्धलाई त्यती निको मानेका थिएनन्, सुरुमा । तर, अहिले उनी पग्लिसकेका छन् । उनले छोरीलाई बिहेका लागि स्विकृति दिइसकेका छन् । आमा र भाईले पनि सोनमको निर्णयलाई सदर गरेका छन् ।

अर्को कुरा, सोनमको होम प्रोडक्सनमा बनेको फिल्म ‘वीरे दी वेडिंग’ पनि जुन महिनामा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment