Comments Add Comment

पुस्तक खरिदको माग गर्दै ठाकुरराम क्याम्पसमा विद्यार्थीको धर्ना

२२ माघ, वीरगञ्ज । पुस्तकालय शुल्क लिएर विद्यार्थीहरुलाई आवश्यक मात्रामा पुस्तक उपलब्ध नगराएकोे भन्दै वीरगञ्जमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विरोध गरेका छन् ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघमा आवद्ध विद्यार्थीहरुलेे क्याम्पस प्रमुखको कार्यकक्ष अगाडि दुई घण्टा धर्ना दिएर विरोध जनाएका हुन् ।

नेविसंघका नेता मनोज साहको नेतृत्वमा रहेका विद्यार्थीहरुले बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएका थिए ।

गत माघ १२ गते ७ बुँदे माग राखेर क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको भएपनि बेवास्ता गरेकोले धर्नामा बस्नु परेको नेविसंघका केन्द्रीय प्रतिनिधि दिलिपराज कार्कीले जानकारी दिए । ‘क्याम्पसले सबै विद्यार्थीहरुसँग पुस्तकालय शुल्क लिने गरेको भएपनि पुस्तक उपलब्ध नगराउने गरेका छन् । विभिन्न बहाना बनाउने गर्छन् ,’उनले भने ‘भएका पुस्तकहरु पनि सेलेबस बाहिरका पुस्तक छन्, यसले विद्यार्थीहरु समस्यामा परेको जानकारी गराउँदा समेत सुनुवाई भएन त्यसैले धर्नामा बस्न बाध्य भयौं ।

विद्यार्थीहरुले ७ बुँदे माग पूरा नगरेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।

सम्पूर्ण स्नातकोत्तर सेमेेस्टर प्रणाली खारेज गर्नुपर्ने पुस्तकालय नियमित रुपमा खुल्नुपर्ने, कर्मचारीहरु नियमित रुपमा आफ्नो काम गर्नुपर्ने, हालसम्मको पाठ्यक्रम अनुसार सबै फ्याकल्टीका पुस्तकहरु पुस्तकालयमा उपलब्ध हुनुपर्ने, बीबीएस र बीएस्सीको कोर्ष पूरा हुनुपर्ने, स्कुल भवनलाई मुख्य भवनमा जस्तै रंगरोगन गरी राम्रो बगैचा बनाउनुपर्ने, साइन्स ल्याबको व्यवस्था हुनुपर्ने माग विद्यार्थीहरुको छ ।

तीन वर्षबाटनै क्याम्पसमा पुस्तकको समस्या भएपनि प्रशासनले वेवास्ता गरेको आरोप नेविसंघले लगाएको छ ।

तर, क्याम्पस प्रशासनले भने पुस्तकालय शीर्षकमा कुनैपनि शुल्क नलिने गरेको बताएको छ । सहायक क्याम्पस प्रमुख एवं क्षेत्रीय पुस्तकालय संयोजक रोशन लामिछानेले पुस्तकालय शुल्क नलिने गरेको बताए । ‘विविध समस्याका बावजुद हामीले राम्रो शिक्षा प्रदान गरिरहेका छौं । सरकारी पक्रिया पुरा गर्नुपर्ने र आवश्यक रकमको अभावमा आवश्यक पुस्तक खरिद गर्न सकेका छैनौं । प्राध्यापकहरुलाई तलब खुवाउनै मुश्किल छ ।’ लामिछानेले भनेे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment