Comments Add Comment

पूर्वलडाकूको ससुरालीबाट पेस्तोल र बम बरामद

२७ माघ, हेटौंडा । गोली प्रहार घटनामा पक्राउ परेका पूर्व लडाकूको ससुरालीबाट पेस्तोल र बम बरामद भएको छ ।

हेटौंडा १९ वस्तीपुरका शरण गोले समूह र रामबहादुर दम्पतीबीच झगडा हुँदा गोली प्रहार भएको थियो । घटनामा घम्भीर घाइते भएका गोलेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रामबहादुर र उनकी पत्नी वीरमाया मोत्तानलाई प्रहरी पक्राउ गरेको छ । अनुसन्धानका क्रममा रामबहादुरको ससुरालीबाट ठुलो परिमाणको हातहतियार तथा बिष्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

रामबहादुरको ससुरालीबाट कटुवा पेस्तोलसहित गोली ४ थान, डेटोनेटर क्याब ६ थान, तयारी अबस्थाको प्रेसरकुकर बम २ थान, फलामे बेरिङ ११ थान, रडको टुक्रा ९ थान, पहेँलो धातु १ थान, छर्रा १ सयग्राम, कालो टेपले बाँधेको स्वीचसहितका सुतली बम २ थान बरामद भएको छ ।

यस्तै नेपाली सेनाको पोशाक एक जोर र रिमोट तथा बममा राख्ने व्याट्रीहरु पनि बरामद भएको मकवानपुरका प्रहरी नायव उपरिक्षक दिलिप झाले बताए । रामबहादुर र उनकी पत्नी वीरमायालाई ज्यान मार्ने उद्योग अन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment