Comments Add Comment

नेशनल मर्चेन्ट बैंकरमा डिम्याट खाता खोल्न पैसा नलाग्ने


२८ माघ, काठमाडौं । नेशनल मर्चेन्ट बैंकरमा निशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ ।  सेयरमा लगानी गर्न डिम्याट खाता अनिवार्य गरिएको छ । समयमै डिम्याट खाता खोलेर बजारमा लगानी गर्ने अवसर नछुटाउन कम्पनीले भनेको छ ।

कम्पनीको कार्यालय ज्ञानेश्वरमा रहेको छ । कम्पनीले लगानी व्यवस्थापन, कर्पोरेट एडभाइजरी सर्भिस र सेयर तालिम समेत दिदै आएको छ ।

कम्पनीले घर बसी बसी डिम्याट खाता खोल्न सक्ने सुविधा पनि दिने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment