Comments Add Comment

रोइला गाएपछि वृद्धवृद्धाहरु मेरा फ्यान भए: मञ्जु पौडेल


कार्यक्रम प्रस्तोता हुँदै गायिका बनेकी मञ्जु पौडेल स्टेज तताउने कलाकारको रुपमा चिनिन्छिन् । उनी आफैं कार्यक्रम सञ्चालन गर्छिन् अनि गाउँछिन् पनि ।
स्वदेशमा आयोजित विभिन्न स्टेज कार्यक्रममा सहभागी मञ्जुले विदेशका पनि धेरै स्टेजमार्फत दर्शकलाई मनोरञ्जन दिएकी छिन् । त्यसैले उनका फ्यानहरु देशभित्र मात्र नभएर विदेशमा पनि प्रशस्तै छन् । आफ्ना फ्यानहरुबारे के भन्छिन् त मञ्जु ? उनकै शब्दमाः

मैले गीत गाउन थालेको धेरै भएको छैन । म पहिला कार्यक्रम प्रस्तोता थिएँ । अहिले पनि कार्यक्रम प्रस्तोताका रुपमा क्रियाशील नै छु । तर, धेरैले गायिका भनेर चिन्नुहुन्छ । मेरा दर्शक-स्रोता बढेको चाहिँ स्टेज कार्यक्रमबाटै हो ।

मेरो प्रस्तुतिका फ्यानहरु धेरै हुनुहुन्छ । स्टेजमा तपाईलाई सुन्दा मज्जा आउँछ भन्नुहुन्छ । रुपको प्रशंसा गर्नेहरु, स्वरको प्रशंसा गर्नेहरु पनि थुप्रै हुनुहुन्छ । कतिपयले मलाई ‘बोल्ड’ सम्भिmनुहुन्छ । फ्यानबाट अहिले पनि चिट्ठी र म्यासेजहरु आउँछन् । सकेसम्म रेष्पोन्स गर्छु । मलाई फेसबुक पेजमा पछ्याउने ४२/४३ हजार छन् ।
बच्चादेखि युवा र वृद्धवृद्धासमेत मेरा फ्यान छन् । एउटा बालगीत गाएपछि बालबालिकाहरु मेरा फ्यान भएका हुन् । पशुपति शर्मासँग रोइला गीत गाएपछि बुढा बा आमाहरुले मेरो गीत बढी मन पराउन थाल्नु भो ।

फ्यानहरु थरि-थरिका हुनुहुन्छ । कतिपय सभ्य हुनुहुन्छ त कतिपय अब्यबहारिक पनि । कार्यक्रममा भएको वेला पटक-पटक फोन गर्ने, म्यासेज गरिरहने पनि गर्नुहुन्छ । पटक-पटक म्यासेज गरेर दिक्कै बनाउने पनि हुनुहुन्छ । मैले रेस्पोन्स गर्ने बित्तिकै अर्कै सोच्नेहरु पनि छन् । त्यस्ता फ्यानहरुलाई सम्झाउनु पनि पर्छ । धेरैलाई सम्झाएकी पनि छु ।

फ्यान भन्ने बित्तिकै सबैलाई एउटै श्रेणीमा राखेर हेर्न सकिँदैन । उहाँहरु हुर्केको समाज, पारिवारिक संस्कार अनुरुप ब्यवहार देखाउनुहुन्छ । कतिपय फ्यानले मलाई उपहार पठाइदिनुहुन्छ । अस्ति भर्खर जाडोमा एकजना फ्यानले एउटा कोट पठाइदिनु भएछ । एकपटक फेसबुकमा एउटा सामग्री राखेर यसको कति पर्छ होला भनेर सोधेको एकजना महिला फ्यानले त्यही सामान किनेर पठाइदिनु भएछ ।

काठमाडौ बाहिर जाँदा कतिपय यस्ता फ्यानहरु पनि भेटिनुहुन्छ । काउन्टरमा उपहार छाडेर जानुहुन्छ । पछि कुरा हुन्छ । मलाई किन नभेट्नु भएको ? किन उपहार छोडेर जानु भएको भनेर सोध्दा तपाइसँग बोल्न धक लाग्छ भन्नुहुन्छ ।

कार्यक्रममा लागि बाहिर जाँदा प्राय म फ्यानको घेरामा पर्छु । रमाइलो लाग्छ । तर, कहिलेकाहीँ अप्ठ्यारो पनि हुन्छ । कतिपय फ्यानहरु डि्रंक गरेर पनि आउनुहुन्छ । अटोग्राफ दिने कुरामा पनि कहिलेकाहीँ दिक्क लाग्छ । कतिपय फ्यानहरु डायरी बोकेर आउनुहुन्छ । तर, कतिपय यस्ता पनि आउनुहुन्छ । भुइतिरै भेटिएको कागजको टुक्रा टिपेर पनि अटोग्राफ माग्नुहुन्छ । अटोग्राफ दिँदा प्राय ‘वीस यु अल’ लेख्छु ।

मलाई सानैदेखि रेडियोमा बोल्न मन पथ्र्यो । रेडियो सुन्थेँ । रेडियोमा बोल्ने प्राय सबै मनपथ्र्यो तर, कसैको फ्यान भएर चाहीँ हिडिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment