Comments Add Comment

संकटालाई हराउँदै वीरगञ्ज सिमरा गोल्डकपको सेमिफाइनलमा


१ फागुन, सिमरा । डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई १-० ले हराउँदै वीरगञ्ज युनाइटेड क्लब सिमरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

वीरगञ्ज युनाइटेडका लागि खेलको १६ औं मिनटमा अमर डंगोलले गोल गरे । विशाल राईको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले सम्हाल्न नसक्दा रिवाउण्ड बललाई भलि गर्दै डंगोलले गोलमा परिणत गरेका थिए ।

संकटा खेलको शुरुवातमै १-० ले पछि परेपछि वीरगञ्जले झन आक्रामक खेल खेलेको थियो । झण्डै ७ हजार घरेलु दर्शकको समर्थन पाएको वीरगञ्ज युनाइटेडले पहिलो हाफमा संकटालाई दबाबमा राख्यो ।

दोस्रो हाफमा लयमा फर्किएको संकटाले थुप्रै अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा क्वाटरफाइनलबाटै घर र्फकन बाध्य भयो ।

वीरगञ्ज युनाइटेडको जितमा निणर्ायक गोल गरेका कप्तान अमर डंगोल खेलको २४ औं मिनटमा घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । डंगोलले सेमिफाइनल खेलसमेत गुमाउन सक्ने वीरगञ्ज युनाइटेडका प्रशिक्षक सुलभ जंग राणाले बताए । उनको खुट्टामा चोट लागेको छ ।

खेलको म्यान अफ दि म्याच वीरगञ्ज युनाइटेड क्लबका निशान लिम्बु घोषित भए ।

वीरगञ्ज युनाइटेडको जीतसंगै सिमरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि वीरगञ्ज युनाइटेडले बिहीबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा रुस्लान थ्रीस्टार क्लबले मोरङ फुटबल क्लब विराटनगरसंग प्रतिस्पर्धा गर्नेछ ।

पराजयपछि साविक विजेता संकटाका प्रशिक्षक सल्यान खड्गीले टिम सेट नहुँदै खाएको गोल फर्काउन नसक्नु टिमका लागि दुर्भाग्य भएको बताए । वीरगञ्ज युनाइटेडका प्रशिक्षक सुलभजंग राणाले संकटा जस्तो शक्तिशाली टिमलाई पराजित गर्न गर्न सक्नु आफूहरुका लागि सुखद अवसर भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment