Comments Add Comment

वन डे क्रिकेटमा भारतको ऐतिहासिक जित, बन्यो रेकर्ड

२ फागुन, काठमाडौं । भारतले एक दिवसीय क्रिकेट श्रृङ्खला आफ्नो पक्षमा पार्दै इतिहास रचेको छ । दक्षिण अफ्रिकालाई ७३ रनले हराउँदै भारतले दक्षिण अफ्रिकामा पहिलो पटक वनडे सिरिज जितेको हो ।

६ म्याचको सिरिजमा पाँचौं म्याचमै भारतले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । सन् १९९२ मा पहिलो पटक अफ्रिका गएको भारतीय क्रिकेट टोली त्यतिबेलादेखि नै जितको खोजीमा थियो ।

६ म्याचको सिरिजअन्तर्गतको खेलमा पाँचौं म्याचमै जित निकाल्दै भारत, वनडे र्‍याङ्किङको पहिलो स्थान ओगट्न सफल भएको छ । टेस्ट क्रिकेटको र्‍याङ्किङमा पनि भारत पहिलो स्थानमै छ ।

टस जितेर अफ्रिकाले फिल्डिङ रोजेपछि भारतले व्याटिङ सुरु गरेको थियो । रोहित शर्माको ११५ रनको मद्दतमा भारतले दक्षिण अफ्रिकालाई २७४ रनको लक्ष्य दियो । तर अफ्रिकी टिम २०१ रनमा आउट भयो । भारतले ४-१ ले यो सिरिज आफ्नो नाममा लेखाएको छ । शतकीय पारी खेलेका रोहीत शर्मा प्लेयर अफ दी म्याचसमेत बने ।

२६ वर्षदेखि दक्षिण अफ्रिकासँग भिड्दै आएको भारत पराजित हुँदै आएको थियो । तर विरोट कोहली नेतृत्वको भारतले यसपटक जित निकाल्न सफल भयो ।

दक्षिण अफ्रिकालाई हराउने क्रममा कुलदीप यादवले ४ तथा युजेवेन्द्र चहलले र हार्दिक पाण्ड्याले दुई-दुई विकेट लिए ।

दक्षिण अफ्रिकाको सुरुवात राम्रो रहेन । ६५ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । तर हसिम अमला मैदानमा टिकीरहे र डेभिड मिलरसँग राम्रो साझेदारी गरे । हेर्दा यस्तो लाग्थ्यो भारत हारउन्मुख भइरहेको छ तर, डेभिड मिलरलाई युजवेन्द्र चहलले बोल्ड गरेपछि परिस्थिति उल्टियो ।

भारतका विराट कोहलीले ३६ र शिखर धवनले ३४ रन बनाए । भुवेनश्वर कुमारले २० बलमा १९ रन बनाए । अजिंक्य रहाणे ८ रन बनाएर आउट भए । रोहित शर्मा ११५ रन बनाएर आउट भएपछि भारतको विकेट लगातार झर्दै गयो । दक्षिण अफ्रिकाका लागि २१ वर्षीय लुंगी एनगिडीले सर्वाधिक ४ विकेट लिए ।

अब अन्तिम तथा छैठौं म्याच १६ फेब्रुअरीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment