Comments Add Comment

सन्दीप लामिछानेले लिए क्यानडाको दोस्रो विकेट

२ फागुन, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा क्यानडाविरुद्धको निर्णायक खेलमा नेपालले दोस्रो विकेट लिएको छ । नेपाललाई दोस्रो सफलता सन्दीप लामिछानेले दिलाएका हुन् ।

तेह्रौं ओभरको पहिलो बल मा लामिछानेले क्यानडाका नितिश कुमार क्याच आउट भएका हुन् । उनी जम्मा ५ रन बनाएर आउट भएका हुन् ।

क्यानडा विरुद्धको खेलमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले १५ ओभरको खेल सकिँदा २ विकेट लिन सफल भएको छ । क्यानडाले ६१ रन जोडेको छ । नेपालका लागि पहिलो विकेट बसन्त रेग्मीले लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment