Comments Add Comment

यूएईमा नेपालीले मनाए शिवरात्री

फेब्रुअरी, यूएर्इ । यूएईमा रहेका नेपालीहरुले भगवान शिवको पुजा अर्चना तथा भजन किर्तन गर्दै शिवरात्री भब्यतापूर्वक मनाएका छन् ।

महाशिबरात्रीको अबसर पारेर स्याङ्जा सहयोग समाज यूएईले फागुन १ गते साझ आयोजना गरेको शिवपुजा धुमधामसंग सम्पन्न भएको छ ।

वरदुबई स्थित सिल्भर स्पोन रेस्टुरेन्टमा उक्त पुजा भएको थियो । हरेक बर्ष जस्तै यो बर्ष पनि बिधिवत रुपमा पुजा आराधना साथमा मादल खैजडी र मजुरा बजाउदै भजन कृतन गरिएको स्याङ्जा सहयोग समाजका अध्यक्ष खगेन्द्र गैरेले जानकारी दिएका छन् ।

शिबरात्रीमा भांङ धतुरोको परम्परा रहेता पनि यो मुलुकमा यस्ता चिजहरु बेचबिखन गर्न बन्देज रहेको कारण फलफुल, नैवेद, पन्चामृत, हलुवालाई प्रसादी मानेर शिबजिको पुजा गरिएको थियो ।

प्रदेशमा आफ्नो रोजगारी तथा ब्यवसायको सिलसिलामा बस्दै आएका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई आफ्नो धर्म संस्कृतिप्रति श्रद्धाभाव झल्काउदै आयोजना गरिएको कार्यक्रम उदाहरणीय भएको कार्यक्रममा सहभागी पाल्पाका माधव गैरेले प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment