Comments Add Comment

महोत्तरीमा युवकको हत्या


५ फागुन, महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा शनिबार एक युवकको शव फेला परेको छ ।

मटहानी नगरपालिका–७, पानी ट्याङ्की नजिकै ३० वर्षीय रमेश ठाकुरको धारिलो हतियार प्रयोग गरि हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

हत्या किन र कसले गर्यो भन्नेबारेमा केही खुलेको छैन ।

नेपाल प्रहरीका एसपी कुबेर कठायतले घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment