Comments Add Comment

ट्याक्टरको ठक्करबाट हेटौंडामा २ जनाको मृत्यु


६ फागुन, मकवानपुर । जिल्लाको हेटौंडा उपमहानगरपालिका–११ सरस्वती खोलानजिकै ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

ना ३ त ६०२७ नम्बरको ट्याक्टरले ना ४७ प ३८२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको प्रहरी चौकी लेवर्ट मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नवलपरासी सुनौली नगरपालीका ८ का २६ वर्षीय प्रेमबहादुर क्षेत्री र पछाडि सवार अन्दाजी २२ वर्षीया युवतीको उपचारको क्रममा चुरेहिल अस्पताल, हेटौंडामा मृत्यु भएको हो । युवतीको सनाखत हुन सकेको छैन ।

ठक्कर दिने ट्याक्टरका चालक फरार छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment