Comments Add Comment

भरतपुर चौबीसकोठीमा खुल्यो तास रेस्टुराँ

७ फागुन, चितवन । भरतपुर चौबीसकोठीमा ‘डी मामा’ तास रेस्टुराँ सञ्चालनमा आएको छ ।

करिब एक करोड रुपैयाँ लगानीमा सुरज पौडेल, सन्तोष पौडेल, शेखर पौडेल र मोतीलाल भट्टराईले उक्त रेस्टुराँ सञ्चालनमा ल्याएका हुन् । उनीहरूले ‘डी मामा रेस्टुराँ ग्रुप’ खडा गरेका छन्, लगानी विस्तारका लागि ।

सुरजले अस्ट्रेलियामा होटेल म्याजेनमेन्ट अध्ययन गरेका छन् । शेखरले युरोप र मोतीलालले भारतमा कामको अनुभव बटुलेका छन् ।

‘तास’ नारायणगढको लोकपि्रय खाजा हो, जसलाई भरतपुरमै उपभोक्तामाझ पस्किने उनीहरूको योजना हो । रेस्टुराँमा मौलिक नेपाली खाना पनि उपलब्ध छ ।

फेमिली ग्रुपका रुपमा सञ्चालनमा रहेका विभिन्न रेस्टुराँमा हालसम्म ५० जनाले रोजगारी पाएका छन् । ‘चितवनमा पहिलोपटक लाइभ म्युजिक हामीले नै शुरु गरेका हौं,’ सुरजले भने, ‘काठमाडौंमा शाखा र चितवनमा रिसोर्ट खोल्ने तयारीमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment